सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • देश
  • स्वामिकार्तिक खापर गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा चालक घाइते

स्वामिकार्तिक खापर गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा चालक घाइते

  • मङ्लबार, साउन २, २०८०
स्वामिकार्तिक खापर गाउँपालिकामा ट्याक्टर दुर्घटना  हुँदा चालक घाइते

बाजुरा – स्वामिकार्तिक खापर गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा चालक घाइते भएका छन ।

आज मग‌लबार दिउँसो २ बजे गाउँपालिकाकाे वडा नं ४ सुइजिउला नजिकै ढुङ्गा बोक्ने क्रममा ट्याक्टर दुर्घटना भएको छ। ढुङ्गा बोक्ने क्रममा सडकबाट करिब १५ मिटर तल खसेर ट्याक्टर दुर्घटना भएको प्रहरीले जनाएकाे छ।

लु ४ त ७३२९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा २८ वर्षिय चालक दिपेन्द्र रावल घाइते भएका छन । प्रहरीका अनुसार घाइते रावललाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी पठाइएको छ ।

चर्चामा

सम्बन्धित समाचार