सुरेशकुमार पाण्डे — गजल!
बिमारी मर्छन् अस्पत्ताल पुगेर उपचार हुँदैन,
रोगिहरूलाई धमकाइन्छ सधै सत्कार हुँदैन।
लामबद्ध हुन्छन् बाँच्न चाहाने बिहानै देखी,
उनिहरू सँग इस्टाफको राम्रो व्यबहार हुँदैन्।
सरकारी निकाएं फेलगर्न लाइपरे कै देख्छौँ,
त्यसैले रोघि सँग स्टाफको कत्ति प्यार हुँदैन।
आखिर हामि सबै यही देशका नागरिक हौँ ,
आपसमा मायाँ भन्दा बलियो औजार हुँदैन।
अरूको परणा नै जानसक्छ थोरै गलतिले,
किन जिम्मा लिएकाबाट यहाँ उद्धार हुँदैन।
एउटा रोगि लिएर अस्पत्ताल पुग्ने परिवारमा,
थपिन्छ मानसिक रोग उम्किने आधार हुँदैन।