शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • बडिमालिका
  • मानव अधिकार एलाईन्सको २४ औ स्थापना दिवस तथा प्रथम नगर सम्मेलन

मानव अधिकार एलाईन्सको २४ औ स्थापना दिवस तथा प्रथम नगर सम्मेलन

  • शुक्रबार, असार २९, २०८०
मानव अधिकार एलाईन्सको २४ औ स्थापना दिवस तथा प्रथम नगर सम्मेलन

टेकबहादुर बुढा, बाजुरा — राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मन्च नेपाल (मानव अधिकार एलाईन्स) को २४ औ स्थापना दिवस तथा प्रथम नगर सम्मेलन कार्यक्रम सम्पन्न भएको छ ।

” सामाजिक र आर्थिक रुपान्तरणका लागि मानव अधिकारको सुनिश्चितता, समुन्नत र समृद्ध नेपाल निर्माणको हाम्रो प्रतिबद्धता” भन्ने मुल नाराकासाथ मानव अधिकार एलाईन्स बाजुराले आफ्नो २४ औ स्थापना दिवस मनाएको छ ।

लोकतन्त्रले प्रदान गरेको सङगठित हुने अधिकारमा मानव अधिकारको सुनिश्चितता गर्न र सामाजिक न्यायको प्रत्याभुति गदै समानता, शान्तिको क्षेत्रमा काम गर्नका लागि करिब १२ बर्ष पहिले बाजुरा जिल्लामा एलाईन्सको स्थापना भएको मानव अधिकार एलाईन्स बाजुराका अध्यक्ष बिमला थापाले बताएकी छन ।

सामाजिक न्याय र सुसाशनको प्रत्याभूति गदै समानता र समुन्नत समाज निर्माणका लागि यस एलाईन्सले बाजुरामा प्रतिबद्ध भएर काम गरिरहेको अध्यक्ष थापाले बताइन । मानव अधिकार एलाईन्सको स्थापना दिवस तथा प्रथम नगर सम्मेलन कार्यक्रम बडिमालिका नगरापालिकाकाे सभाहलमा सञ्चालन भएकाे  थियाे । उक्त कार्यक्रम एलाईन्स बाजुराका अध्यक्ष बिमला थापाको अध्यक्षतामा सञ्चालन भएको कार्यम्रममा प्रमुख अथिति बडिमालिका नगरपालिकाका नगरप्रमुख अमर खड्का रहेका थिए ।

कार्यक्रममा नगरपालिकाका विभिन्न वडाका वडा अध्यक्ष, सरकारी तथा गैरसरकारी संघसंस्थाका कर्मचारी लगायत पत्रकारहरुको सहभागीता रहेको थियो । उक्त कार्यक्रमको सञ्चालन महेस जोशीले गरेका थिए ।

नौ सदस्यीय नगर समिति गठनः
मानव अधिकार एलाईन्स बाजुराले आफ्नो स्थापना दिवस तथा प्रथम नगर सम्मेलनमा नौ सदस्यीय नगर समिति समेत गठन गरेको जिल्ला अध्यक्ष बिमला थापाले बताएकी छन ।

जसमा बडिमालिका नगरपालिका अन्र्तगत नगर समितिको अध्यक्षमा सिता थापा बराल र सचिवमा जनक कार्की चयन भएका छन । त्यस्तै कोषाध्यक्षमा राम विक र सदस्यहरुमा टेक विक, दिपा सुनार,लक्ष्मी बिष्ट, विरेन्द्र खड्का, दुर्गा महत र माया खड्का चयन भएका छन ।

चर्चामा

सम्बन्धित समाचार