बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • बुढीगंगा
  • समाजसेवी तथा पत्रकार प्रकाश सिंह दम्पती सम्मानित

समाजसेवी तथा पत्रकार प्रकाश सिंह दम्पती सम्मानित

  • बुधबार, असार २७, २०८०
समाजसेवी तथा पत्रकार प्रकाश सिंह दम्पती  सम्मानित

बाजुरा– बुढीगंगा नगरपालिकाले समाज विकासमा योगदान  गरेकाे भन्दै बडिमालिका खवरका प्रकाशक तथा सम्पादक प्रकाश सिंह र २०७९ सालकाे नगर स्तरिय परिक्षामा कक्षा ८ काे उत्कृष्ट उपलब्धी हासील गरेकाे भन्दै उहाकी धर्मपत्नी तथा दुधिर आधारभुत बिद्यालयमा कार्यरत शिक्षिका चन्दकला शाह सिह‌ंलाइ सम्मान गरेकाे छ । सिह‌ दम्पती  लगायत ७ जनालाइ बिभिन्न बिधामा पुरस्कृत गरेकाे हाे ।

बुढीगंगा नगरपालिकाका निर्वाचित जनप्रतिनधीहरु निर्वाचित भएकाे एक बर्ष पुरा भएकाे अवसरमा एक कार्यक्रमका मंगलबार साे पुरस्कार  बितरण गरिएकाे  नगर प्रमुख राम बहादुर बानियाले बताएका छन ।  प्रत्येक वर्षको नगर सभामा हस्तान्त्रण गर्ने गरि यो वर्षबाट पुरस्कार घोषणा गरेर बितरण गरिएकाे नगर प्रमुख बानियाले बताए । घोषणा गरिएका पुरस्कार  पालिकाले वितरण समेत गरेको छ । शेरबहादुर शाह समाज सेवा पुरस्कारबाट पत्रकार तथा समाजसेवी प्रकाशबहादुर सिंह, नरसिंह गिरी शैक्षिक सुधार पुरस्कारबाट कृष्णबहादुर सि‌ह, रत्नाकर जैशी साहित्य लेखनमा जहरसिंह थापा र चेतनदीप अयडी सफल युवा उद्यमी पुरस्कारबाट भोला जैशी सम्मानीत भएका छन् ।
पालिकाले उत्कृष्ट कर्मचारीमा माया कुमारी थापा, शैक्षिक क्षेत्रमा रामबहादुर रावल, स्वास्थ्य कर्मीमा हिरालाल जैशी सम्मान गरिएको नगर प्रवक्ता हेमराज जैशीले बताएका छन् । बुढीगंगाले स्वर्गिय एमाले नेता टिका विकको सम्मानमा टिका विक स्मृति प्रतिष्ठान गठन गरि सामाजिक रुपान्तरणका कार्यक्रम अघि बढाउने निर्णय समेत गरेको छ ।
समाज विकास भौतिक संरचनाले मात्र नहुने र योगदान र योग्यताको कदर गर्ने परिपार्टीले पनि सामाजिक विकासमा प्रभाव राख्ने भएकोले यो नीति लिएको नगर प्रमुख रामबहादुर बाँनीयाले बताएका छन् । पालिकाले अग्रजको सम्मान, नयाँलाई प्रोत्साहनको नीति अनुसार नै पुरस्कार स्थापना गरि सम्मान गरेको हो । यस्तै समयमै काम सम्पन्न गर्ने सफल निर्माण व्यवसायी अंगबहादुर ओलीलाई पनि पुरस्कार सहीत सम्मान गरेको छ ।  नगर प्रमुख उपप्रमुखले आफ्नो पारिश्रमीकको ५ प्रतिशत रकम छुट्याएर १ दर्जन बढी विद्यार्थीलाई सहयोग गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार