बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बुढीगंगा नगरपालिकाले एक वर्षमा निति निर्माण र पूर्वाधारलाइ प्रथमिकतामा

बुढीगंगा नगरपालिकाले एक वर्षमा निति निर्माण र पूर्वाधारलाइ प्रथमिकतामा

  • बुधबार, असार २७, २०८०
बुढीगंगा नगरपालिकाले एक वर्षमा निति निर्माण र पूर्वाधारलाइ प्रथमिकतामा

बाजुरा–  बुढीगंगा नगरपालिकाका जनप्रतिनिधीले आफ्नो एक वर्षे कार्यकालको समीक्षा गरेका छन् ।   नगरपालिकाका जनप्रतिनधीहरुले एक बर्षमा गरेका कार्यहरुकाे सार्बजनिक गरेकाे हाे  । सपथ सहीत पदभार ग्रहण गरेको एक वर्ष पुरा भएको अवसरमा  नगरपालिकाले बार्षिक प्रगति विवरण सार्वजनिक तथा समीक्षा तथा बिभिन्न बिधमा पुरस्कार तथा सम्मान  गरेको छ ।

एक वर्षसम्म गरेका काम र कामको उपलब्धी विवरणलाई नगर प्रमुख रामबहादुर बानीयाँले प्रस्तुत गरेका थिए । बुढीगंगाले सुरुको वर्षलाई नीति निर्माण र पूर्वाधार विकासको आधार तय गर्ने वर्षका रुपमा घोषणा गरेको थियो । बितेको एक वर्षमा उदेश्य अनुसारको काम र प्रतिफल देखाउन पालिका सफल भएको नगरप्रमुख रामबहादुर बानीयाँले बताएका छन् ।

१९ करोड अघिल्लो कार्यकालको बेरुजु २ करोड घटाउन सफल भएको, ७ नम्बर बाहेक सबै वडा कार्यालयका भवन निर्माण सम्पन्न हुने अवस्थामा पुगेको, पालिकाको भवन निर्माण सकिएको, स्वास्थ्य संस्थाको सुधार र स्वास्थ्य कर्मीको जनशक्ति विकासमा विशेष योगदान पुर्याएको पालिकाले उपलब्धीमा देखाएको छ ।

२०७९ बैशाख ३० गते भएको पहिलो चरणको निर्वाचन रद्द गरिएपनि असारमा २३ गते दोस्रो चरणको निर्वाचन गरिएको थियो ।  वर्षगाँठको अवसरमा दर्जन बढी राम्रो काम गर्ने कर्मचारी, नागरिक समाजका अगुवा,  कृषक व्यवसायी र विद्यार्थीलाई सम्मान  तथा पुरस्कार बितरण गरेकाे नगरपालिकाले जनाएकाे छ ।

नगरपालिकाले स्थापना गरेको शेरबहादुर शाह समाजसेवा सम्मान पुरस्कारबाट प्रकाश सिंह, रत्नाखर जैशी साहित्य सम्मानबाट जहरसिंह थापा, चेतनदीप अयडी सफल उद्यमकी सम्मानबाट भोला जैशीलाई सम्मान गरेको छ । नरसिंह गिरी शैक्षिक सम्मानबाट कृष्णबहादुर सिंहलाई यस अघि नै सम्माान गरिएको छ । यस्तै समयमै काम सम्पन्न गर्ने सफल निर्माण व्यवसायी अंगबहादुर ओलीलाई पनि पुरस्कार सहीत सम्मान गरेको छ ।  नगर प्रमुख उपप्रमुखले आफ्नो पारिश्रमीकको ५ प्रतिशत रकम छुट्याएर १ दर्जन बढी विद्यार्थीलाई सहयोग गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार