• होमपेज
  • बाजुरा बिशेष
  • बाजुराका महिलाका दुख पिडालाई प्राथमिकताका साथ संसदमा उठाउछु – सभापति लामिछाने

बाजुराका महिलाका दुख पिडालाई प्राथमिकताका साथ संसदमा उठाउछु – सभापति लामिछाने

  • बिहिबार, असार २१, २०८०
बाजुराका महिलाका दुख पिडालाई प्राथमिकताका साथ संसदमा उठाउछु – सभापति लामिछाने

टेकबहादुर बुढा बाजुरा—  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले बाजुराका महिलाका दुख पिडालाई प्राथमिकताका साथ संसदमा उठाउने बताएका छन । देशकै दुर्गम जिल्ला बाजुराका महिलाहरुले विभिन्न दुख पिडा भोगिरहेकाले यसको समाधानका लागि स्थानिय तहहरुले प्रतिबद्ध भएर लाग्नु पर्ने बताए । महिलाका पिडा स्थानिय तहहरुले समस्या समधान गर्न नसके आफुले पनि संसदमा आवाज उठाउने सभापति लामिछानेले दावी गरेका छन ।

सभापति लामिछानेले थपे हामीले गर्ने राजनितिले जनताको जीवनमा प्रभाव पार्न नसके हाम्रो जीवन धिक्कारमय हुने बताए । उनले भने आफु टेलिभिजन हुदै राजनितिमा आएकाले नारी टेलिभिजनको उद्धाटन बाजुरामा भएकाले यस टेलिभिजनले महिलाहरुका समस्याका बारेमा नितान्त रुपमा आवाजहरु उठाउने विश्वास समेत व्यक्त गरेका छन । नारी टेलिभिजनले बाजुरादेखि सिंहदरबारसम्मका महिलाहरुका आवाज बोल्ने अपेक्षा गरेको बताए ।

पहिले सञ्चारकर्मी हुँदा पनि सबै भन्दा बढि महिलाहरुका समस्याका विषयमा बोलेको र अहिले पनि महिलाहरुको विषयलाई प्राथमिकताका साथ संसदमा उठाउने बताए । बाजुराका महिलाहरुका आवाज मात्र नभई उनिहरुका समस्याको समाधान गर्न नारी टेलिभिजन लाग्नु पर्ने कुरामा उनले जोड दिएका छन ।

नारी टेलिभिजन उद्धाटनका लागि बाजुराको बुढीगंगा नगरपालिकाका १० सिगाडा पुगेका लामिछानेले भने बुढीगंगा नगरपालिका थ्रुपै अवसर र चुनौती भएको नगरपालिका भएकाले याँहाका महिलाहरुले भोगेका पिडा नगरपालिकाले बिशेष रुपमा समाधानका लागि लाग्नु पर्ने बताए ।

सभापति लामिछानेले भने नगरप्रमुख र उपप्रमुखलाई साची राखेर भन्छु, हामी कुनै राजनितिक हिसावले बाजुरा नआएर एउटा सन्देश बोकेर आएका हौ, हाम्रो आँखाबाट बाजुरा हेरिरहेका छौ ।

सभापति लामिछानेले भने बाजुराको विकास र याँहाका महिलाहरुका समस्या बुझ्दै पार्टी भन्दामाथि रहेर तह र तप्कामा रहेर काम गर्ने आटिले मान्छे बाजुरालाई आवश्यक परेको बताए । बाजुरालाई राजनितिको घेरा भन्दा माथि राख्दै यँहाको विकास, परिवर्तन र महिलाहरुले भोगेका दुख पिडा समाधानका लागि निस्वार्थ भावना राख्दै आफु प्रतिबद्ध रहेको सभापति लामछिानिले दावी गरेका छन ।

बाजुराबाट शुभारम्भ हुन लागेको नारी टेलिभिजनको सफलताको शुभकामना  दिदै सभापति लामिछानेले  भने बिहान् खाए बेलुका के खाने भन्ने बर्गका महिलाहरुको आवाज बोल्नेछ भन्ने कुरामा आफु बिश्वस्त रहेको बताए । अवका दिनमा बाजुराले बाजुराका आवाज संसदमा बोल्ने प्रतिनिधि चुनोस ।

बाजुराका आवाजबिहिन जनताको आवाजलाई संसदमा बुलन्द गर्ने नेतृत्व चयन गरोस् । बाजुरालाई यस्तो नेतृत्वको आवस्यक रहेको मैले महसुस गरेको छु । बाजुराका दुखी पीडित महिलाको बिपन्न बर्गको,पिछडिएका बर्गको पिडालाई बोल्ने नेतृत्व बाजुराले चुन्न सकोस्  उनले भने ।

नारि टेलिभिजनको शुभारम्भ बुढीगंगा नगरपालिकाकी ८४ वर्षिया नन्दा साउँदबाट गरिएको थियाे । बुधवार बुढीगंगा नगरपालिका वडा नम्वर १०  सिगाडामा एक औपचारिक कार्यक्रमका विच ८४ वर्षिया वृद्धा साउँदद्धारा नारी टेलिभिजनको औपचारिक रूपमा दिप ज्वलन गरेर सुरूवात गरिएको हो ।

टेलिभिजनको शुभारम्भ कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, बुढीगंगा नगरपालिकाका नगरप्रमुख रामबहादुर बानियाँ, उपप्रमुख माया कुँवर, १० का वडा अध्यक्ष दलबहादुर साउँद, नारी टेलिभिजनकी अध्यक्ष निकिता पौडेल लामिछाने लगायत अतिथि रहेका थिए । नारी टेलिभिजनको प्रसारण शुभारम्भ संगै बुढिगंगा नगरपालिका १०   सिगाडाका  एचआइभी एड्स संक्रमित तथा   एकल महिलाहरुलाई खाद्यन्न समेत सहयोग गरिएको थियो ।

चर्चामा

सम्बन्धित समाचार