सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • कला /साहित्य
  • कविता : मेरो घाँटि काटिदिनुस्

कविता : मेरो घाँटि काटिदिनुस्

  • मङ्लबार, असार १९, २०८०
कविता : मेरो घाँटि काटिदिनुस्

म यति सम्पन्न छु टन्न धन दौलत छ मन छैन !तपाइको लागि केही गर्न सकेको छैन!
म सँग के छैन ?मलाइ केको कमि छ ?
तपाईं मेरा खुट्टा तान्नुहुन्छ,
म देखेर रिस मान्नुहुन्छ ,
स्वभाबिकै हो!

मेरा नजिकका मन म कोहुँ र? तपाइको लागि ,,

अब एउटा कुरा जसरी नि गर्न आँटिदिनुस्,
कत्ती काट्नुहुन्छ मेरो कुरा मात्रै
घाँटि’नै काटिदिनुस्!
अब मारिदिनुस् मलाइ
रकताम्य पारिदिनुस्!
सधैंको लागि ढुक्क हुनुस्!
मेरो कुरा काटिरहनु पर्दैन मुखले सुख पाउँछ !
मेरो प्रगती उन्नती देख्नु पर्दैन तपाइको आँखाले सुख पाउँछ!
मलाइ देख्नु पर्दैन तपाइको मन हलुँगो हुन्छ!

म मरेपछी ,, मेरो लास चितामा जलाउनु पर्दैन म डराउने छैन! म चाहाँदैन मेरो कोहि साहारा बनोस् ,
मेरो लास लगेर खोलामा फालिदिनुस् मेरो सरिरको मासु बन्यजन्तु जनावर कुकुर लागि आहारा बनोस्!
केहिदिन भए पनि तपाइलाइ आनन्द मिल्नेछ , सुख शान्ती मिल्नेछ !

मेरि आमा गर्भवती छिन् म चाहान्छु मेरि आमाको कोखबाट जन्मिने अबको शन्तान म जस्तै छोरा भएर नजन्मियोस् !जोकि तपाइले फेरि त्यो छोराको प्रगति उन्नती देखेर रातदिन जलेर सकिन नपरोस्,
शरीर कत्ती पनि नगलोस् !
म भन्छु भगवानलाई मेरि आमाको कोखबाट अबको जन्मिने संन्तान छोरी भएर जन्मियोस् !छोरी मान्छेले माइतमा जत्ती प्रगती उन्नती गरेपनी केही दिन मात्रै देखिने हो! किनकी छोरिले माइती घर छोडेर जानुपर्छ !

मत तपाइलाइ आफ्नो सोच्छुनी अनि मेरो कारणले तपाईं दु:खी हुनुहुन्छ! तपाइले बोल्नुपरेको छ ,
तपाइको मन भारी बनाउनु परेको छ!
म मेरा आफ्नाहरुलाइ मेरो कारण यस्तो भएको कसरी हेरुँ,
न दिनुस् मेरो कुरा काटेर मुखलाइ दु:ख,
न गर्नुस् समयको बर्वाद,,
यत्ती कुरा बिन्तिछ मेरो भनेको मानिदिनुस्,
जत्ती चाँडो हुन्छ मेरो घाँटी काटिदिनुस् !
हो मेरो घाँटी काटिदिनुस्!!

पारर भट्ट (प्यासी) मेलौली दुई सुन्दर भुमी सेलि बैतडी

चर्चामा

सम्बन्धित समाचार