• होमपेज
  • देश
  • ललिता निवास प्रकरणमा थप ३ जना पक्राउ

ललिता निवास प्रकरणमा थप ३ जना पक्राउ

  • आइतवार, असार १७, २०८०
ललिता निवास प्रकरणमा थप ३ जना पक्राउ

काठमाडौं  –   ललिता निवास जग्गा प्रकरणमा थप ३ जना पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले तत्कालीन वडा सचिव शिवजी भण्डारी, नापी सर्वेक्षक घमनकुमार कार्की र मोही बाबुराम महर्जनलाई पक्राउ गरेको हो ।

यो मुद्दामा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधिर शाहसहित ५ जना प्रहरी हिरासतमा छन् ।

सीआईबीले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा सार्ने अनियमितता प्रकरणमा सरकारी कागजात किर्ते मुद्दामा उनीहरुमाथि अनुसन्धान गरिरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार