नेपालमा अषाढ १५ गतेलाई धान रोपाईको आरम्भ पर्वका रुपमा महत्वपूणर् दिन मानिन्छ । सिंचित भुभागमा अलि अघाडीबाट रोपाई शुरु गरिएता पनि आकासेपानीको भरमा निर्भर हाम्रो खेती प्रणाली अलि राम्रो बर्षा भएबाट शुरु हुने गर्दछ । सरकारले २९ मंसिर २०६१ मा “आत्मनिर्भर र समृद्धिका लागि धान उत्पादन बढाउ” भन्ने नारा तयार गरी उपरान्त बर्षहरुबाट अषाढ १५ लाई राष्ट्रिय धान दिवशको रुपमा मनाउने गरि घोषणा गरेको थियो । औपचारिक रुपमा यसरी धान दिवश मनाउन थालिएको करीब २ दशक पग्न लाग्यो र यस अवधिमा हामीले कयौ सरकारहरु पायौ त तमाम पंचबर्षिय योजनाहरु भुक्तान गरि सक्र्यौ तर हाम्रो परनिर्भरता झन चुलिदै छ ।
कृषि क्षेत्रमा ६५% जनशक्ति संलग्न छ तथापि नेपालले गत आर्थिक बर्षमा १०८०००० टन चामल र धान करीब ४५ अर्ब बराबरको आयात गरेको छ । अनधिकृत रुपमा आउने खाद्यन्नको लेखाजोखा छैन भने खुला सिमानाका कारण सिमाक्षेत्रका भारतिय बजारबाट दैनिक उपभोग्य सामाग्रीमा निर्भर रहने प्रचलन पुरानै हो । यति मात्र होइन, नेपालले चामल तथा धान भारत, अमेरिका, जापान, बंगलादेश, टर्की, फिलिपिन्स लगायत देशबाट आयत गर्ने गर्दछ । कुनै दिन कोरियासंग खाद्यन्न निर्यात गरेको नेपाल आज उसैबाट खाद्यन्न आयात गर्दछ । यस्तो अवस्थामा पनि कृषि क्षेत्रले कुल गा्रहस्थ उत्पादनको करीब २४% योगदान गरेको छ र धानले मात्रै ७% योगदान गर्ने कुरा उल्लेख छ ।
भात हाम्रो बानी बनि सक्यो । चामल शारिरीक विकासका साथै शुद्ध तथा अशुद्ध सबै धार्मिक, सामाजिक र साँस्कृतिक कार्यहरुमा अनिवार्य एवं महत्वपूणर् खाद्यन्नका रुपमा रहदै आएको छ । भात खायौ भने मात्र खाना खायौ भन्ने प्रचलन स्थापित हुन थालिसक्यो, त्यसैले चामल हाम्रो जीवनशैली भईसकेको छ । स्थानीय उत्पादनको स्थान आयात गरेर भए पनि चामलले कब्जा गरि सकेको छ ।
थिङ्क राईस, यूएसए राइस फेडरेसनका आधारमा चामलले फोलिक एसिड, बी भिटामिन, पोटासियम, म्याग्नेसियम, सेलेनियम, फाइबर, आइरन र जिंक सहित १५ भन्दा बढी आवश्यक भिटामिन र खनिजहरू प्रदान गर्दछ । चामल ग्लुटेन रहित, अत्यधिक पाचन योग्य र सबै अनाजहरुमा भन्दा कम एलर्जीक हुने भएकाले सेलियाक रोग, पाचन प्रणाली कमजोर भएका र अन्य खाद्यन्न संवेदनशीलता भएकाहरुका लागि उपयुक्त मानिन्छ । ब्राउन राइस जस्ता सम्पूणर् अन्नले हृदय रोग, मधुमेह र केहि क्यान्सरको जोखिम कम गर्न मद्दत गर्दछ भन्ने कुरा उल्लेख छ साथै भात खानेहरूलाई उच्च रक्तचापको जोखिम कम हुन्छ भन्ने कुरा उल्लेख छ ।
यति हुदाहुदै हामीले कसरी धान उत्पादन गरिरहका छौ भन्ने कुरा पनि महत्वपूणर् हुन्छ । नेपालमा हामीले उत्पादन गर्ने र आयात गरिरहेको चामल धान सबै ग्लुटेन-मुक्त, सोडियम-मुक्त, कोलेस्ट्रोल-रहित, र आनुवांशिक परिमार्जित खाद्यन्न मुक्त छ कि छैन भन्ने पाटो थप बहस तथा अध्ययनको बिषय हुन सक्छ । जेहोस अव धान हाम्रो प्रमुख बालीको रुपमा स्थापित भई सकेको छ र यसको प्रबद्र्धन आवश्यक छ । हामीले बढी उत्पादन लिनकै लागि आयातित र हाईब्रिड धान लगाउने गरेका छौ, जुन रैथाने बालीले नदिन सक्छ तर रोग किरा र खुख्खा सहन सक्ने क्षमता रैथाने बालीमा हुन्छ ।
यस बर्षको धान दिवशको नारा “जलवायु अनुकुलित कृषिमैत्री प्रविधि, धान उत्पादनमा बृद्धि” भन्ने नाराले पनि जलवायु अनुकुलित प्रविधि र खाद्यन्न बालीहरुको प्रबद्र्धनमा जोड दिने बिषयलाई दर्शाएको छ । फिलिपिन्सको इन्टरनेशनल राइस रिसर्च इन्स्टिच्युट (आईआरआरआई) ले १,८०० स्थानीय नेपाली धान जर्मप्लाज्मलाई भूकम्प प्रतिरोधी रेफ्रिजेरेटेड भल्टमा सुरक्षित राखेको छ । जबकि हाम्रो ध्यान आफ्नै श्रोतलाई संरक्षण गर्ने कुरामा पुगेको छैन ।
अषाढ १५ अर्थात धान दिवश मनाउने परम्परागत चलन अब फेरिनु जरुरी छ । धान दिवश किसानका अनुभव, सिकाई, आदानप्रदान तथा कृषकले भोग्दै आएका समस्याहरु माथि छफलफल गर्ने थलोका रुपमा विकास गरिनु जरुरी छ । धान दिवशको अवसर पारेर कृषि क्षेत्रको समग्र विकासका सन्दर्भमा समीक्षा हुन जरुरी छ । आजकै दिन बार्षिक, दीर्घकालिन तथा नीतिगत कार्यक्रमहरु घोषणा गर्ने अवसरका रुपमा विकास गरिनु पर्ने देखिन्छ ।
विभिन्न नवितमम प्रविधिहरुको प्रदर्शनी र उपयोगिता बारे छलफल हुने पर्वका रुपमा मनाउन जरुरी छ साथै कृषि क्षेत्रको विकासमा विशिष्ठ योगदान गर्ने व्यक्ति तथा संस्थाहरुलाई सम्मान गर्ने गरि धान दिवश थप हर्षोल्लासमय हुन सक्छ । हाम्रो धान दिवश मनाउने साँस्कृतिक परम्पराको विशिष्टताको मर्म नमर्ने गरी थालिने यस प्रकारका कामले राष्ट्रिय गरिमा बढ्नुका साथै आर्थिक, सामाजिक तथा साँस्कृतिक समृद्धिमा समेत योगदान पुग्न सक्छ ।
कृषि क्षेत्रमा गरिएको लगानीलाई उपलब्धिमुलक बनाउन सहयोगको सम्बन्धित निकायबाट नियमित र प्रभावबारी अनुगमन आवश्यक छ । वास्तविक किसान पहिचान गरि सहयोग केन्द्रित हुन जरुरी देखिन्छ साथै आफ्नै पौरषले कृषि क्षेत्रमा योगदान गरिरहेकाहरुलेलाई राज्यबाट प्रोत्साहन उतिकै जरुरी छ । यसै गरी राज्यले किसानलाई आवश्यक पर्ने मल र बिउबिजनको व्यवस्था गर्न सकिरहेको छैन, यो राष्ट्रिय समस्यालाई हल गर्ने सम्बन्धमा ठोस ढंगले गति लिईरहेको स्थिति छैन, जब कि हामी आत्मनिर्भर र समृद्धिका लागि धान उत्पादन बढाउ भन्ने नारा मुखाग्र मात्र गरिरहेका छौ । कृषिमा आत्मनिर्भरतालाई सुनिश्चित गर्न मल, उन्नत बिउबिजन, सिचाई, प्रविधिको विकास र हस्तान्तरण साथै नियमित अनुगमन आवश्यक छ ।
बाजुरा जिल्लाको हकमा ६९१५ हेक्टरमा धान खेती गरिदै आएको छ र जसमा ३५०० हेक्टरमा मात्र नियमित सिचाई सुविधा रहेको छ । जिल्लामा जम्मा १३,१४० टन धान उत्पादन हुने कृषि ज्ञान केन्द्र बाजुराको प्रतिवेदनमा उल्लेख छ । जिल्लालाई आवश्यक पर्ने १९००० टन चामल मा ८००० टन आफ्नै उत्पादन र ११,००० टन चामल बाहिरबाट आपुर्ति हुदै आएको छ ।
कृषि ज्ञान केन्द्रका अनुसार प्रति हेक्टरमा १ं.९ टन धान उत्पादन भईरहेको छ यसलाई बढाउन उन्नत बिउँ, रासायनिक मलको उपलब्धता र सही प्रयोग तथा सिचाईको प्रबन्ध प्रमुख आधारहरु रहेको र उल्लेखित पक्षहरुको संयोजन मिलेमा प्रति हेक्टर ३ टन बढाउन सकिने र चाममा बाजुरा आत्मभिर्नर उन्मुख हुन सक्ने संभावना रहेको कुरा कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख हरि प्रसाद पनेरु व्यक्त गर्नु हुन्छ ।
किसानहरुले औल्याएका समस्या, कामगर्दै जाँदा देखिएका चुनौतिहरुलाई स्थानीय, प्रदेश र संघीय सरकारले मिहिन ढंगले बिश्लेषण गरी कार्यान्वयन गर्नुपर्ने देखिन्छ ।
कृषि क्षेत्रको विकासका लागि निमाणर् गरिएका कृषि विकास रणनीति तथा कार्यक्रमहरुलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्नुपर्ने देखिन्छ । धान दिवश केवल सामाजिक तथा सास्कृतिक पर्वको रुपमा मात्र मनाईने प्रचलनको अन्त्य गरी आर्थिक समृद्धिका विविध पाटामा बहस केन्द्रित हुन जरुरी छ ।
सरकारले विसं २०८६ सम्म देशलाई मध्यम आय भएको राष्ट्र र २०९९ सम्ममा समृद्ध देश बनाउने दिर्घकालिन लक्ष्य लिएको छ । बैदेशिक व्यापार घाटा २१ खर्ब २० अर्बको रहेको छ र यो हाम्रो बार्षिक बजेटकै हाराहारीमा छ । त्यसैले सही अर्थमा हामी कम्तिमा कृषिमा मात्र पनि आत्मनिर्भर हुन सक्यौं भने परिवर्तनका संकेतहरु देखिन सक्छन, अन्यथा यस्ता कार्यक्रम रमाईलो मेला बाहेक केहि हुन सक्दैनन् र धान दिवशको औचित्य परिपुर्ति हुने देखिदैन । त्यसैले अब सबै सरोकारवाला जुट्न जरुरी छ ।