• होमपेज
  • देश
  • खाद्यान्नमा आत्मनिर्भर भए आर्थिक मन्दी भाग्छ : केपी ओली

खाद्यान्नमा आत्मनिर्भर भए आर्थिक मन्दी भाग्छ : केपी ओली

  • शुक्रबार, असार १५, २०८०
खाद्यान्नमा आत्मनिर्भर भए आर्थिक मन्दी भाग्छ : केपी ओली

चितवन –  नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले धान दिवसको शुभकामना दिंदै खाद्यान्नमा आत्मनिर्भर भए आर्थिक मन्दी भाग्ने हुनाले धान उब्जनीमा प्राथमिकता दिनुपर्ने बताए। उनले आज बिहान भरतपुरको गेष्ठ हाउस चौरमा बोल्दै उक्त कुरा बताएका हुन्।

उनले भने, ‘कृषिमा आत्मनिर्भर भए मात्र अरु क्षेत्र पनि आत्मनिर्भर बन्न सकिन्छ। हामीले प्रमुख अन्न बाली धानको उब्जनीमा प्रथामिकता दिनुर्छ।’

nullकृषि पेशामा आत्मनिर्भर हुनलाई कृषिको आधुनिकीकरण व्यवसायिकरण गर्नुपर्ने उनको भनाइ छ। हाम्रोमा कृषि पेशामा निर्भर धेरै मानिस भए पनि राम्ररी उत्पादन गर्न नसकिएको उनको भनाइ छ। देशका जनतालाई खान लाउन पुग्ने गरी उब्जनी भए आर्थिक मन्दीको प्रभाव भयावह नहुने उनले सुझाए। उनले भने, ‘खान लाउन पुग्ने गरी राष्ट्रिय अर्थत्नत्र बनाए आर्थिक मन्दीको डरलाग्दो प्रभाव हुँदैन। हामीले कृषि आयआर्जनमा जोड्नुपर्छ।’

पहिला कृषि पारिवारिक भएको र पशुपालन र खेती दुबै गर्ने गरेको भए पनि अहिले पशुपालन र कृषि सँगै नगरिने प्रचलनले पनि कृषि पेशा धरापमा परेको उनको भनाइ छ।

अध्यक्ष ओली आज चितवनमा विभिन्न कार्यक्रममा सहभागी हुने जनाइएको छ। उनीसँगै अध्यक्ष पत्नि राधिका शाक्य पनि विभिन्न कार्यक्रममा सहभागी हुन चितवन पुगेकी छन्।

चर्चामा

सम्बन्धित समाचार