• होमपेज
  • बाजुरा बिशेष
  • बाजुराका किसानको व्यावसायिक कृषिमा आकर्षण बढ्दो

बाजुराका किसानको व्यावसायिक कृषिमा आकर्षण बढ्दो

  • सोमवार, असार ११, २०८०
बाजुराका किसानको व्यावसायिक कृषिमा आकर्षण बढ्दो

लक्ष्मीराज पाध्याय– पछिल्लो समय बाजुराका किसानको व्यावसायिक कृषिमा आकर्षण बढेको छ । तीनै तहको सरकारबाट कृषिमा लाग्नका लागि विभिन्न प्रोत्साहनका कार्यक्रम सञ्चालन भएपछि किसानमा यसप्रति आकर्षण बढेको हो । व्यावसायिक कृषिमा लागेर उनीहरूले मनग्य आम्दानी समेत गर्दै आएका छन् । पराम्परागतरूपमा खेती गरिरहेका उनीहरू अनुदानसँगै प्रबिधी, प्राविधिक तथा प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गरेपछि व्यावसायिक खेतीमा जुटेका हुन् ।

No description available.

बाजुराका सुहाउदाे माटाे अनुसार आलु खेती स्याउ खेती तरकारी खेती र अन्य कृषि खेतमा बाजुराका किसानकाे आकर्षण बढ्दै गएकाे छ ।  अधिकांस विदेश गएर फर्किएका युवा तथा स्वदेशमा रहेका महिलाहरू पनि अहिले कृषितर्फ लाग्न थालेका छन् ।

No description available.

अहिले कृषिक्षेत्र युवाहरूको आकर्षणको क्षेत्र समेत बन्न थालेको छ । युवाहरूको समूह बनाएर सामूहिक तरकारी खेतीमा छन् ।  बडिमालिका नगरपालिकाकाे ढम्कनेमा रहेकाे आलुलाइ ब्राण्डिङ्ग समेत गर्ने लक्ष रहेकाे कृषि ज्ञान केन्द्रले जनाएकाे छ ।

No description available.

सरकारको विभिन्न निकायले प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गरेसँगै कृषि प्रति मोह बढेको बुढिनन्दा नगरपालिका १० कि किसान जानु रोकायाले बताइन । वडा कार्यालयले दिने प्रोत्साहनमूलक कार्यक्रमसँगै कृषि ज्ञान केन्द्र बाजुराले नया प्रबिधि तथा प्राविधिक सहयोगले नयाँ तरिकाबाट खेती विस्तारमा थप टेवा पुगेको उनको भनाइ छ । “ कृषि ज्ञान केन्द्र र लिर्वडको सहयोगले व्यावसायिक तरकारी खेतीमा लाग्न सहयोग पुगेको छ”, बुढिनन्दा नगरपालिका १० कि कृषक ईस्वरी रोकायाले बताइन, “तरकारीसँगै नगदेबाली उत्पादन गरेर राम्रो आम्दानी गरिरहेकी छु । उत्पादन भएको तरकारी स्थानीय बजारमा जाने गरेको उनले भनिन् ।”

No description available.

कृषि ज्ञान केन्द्र बाजुराले प्राविधिक सहयोगसँगै माटो परीक्षण गरिदिएपछि खेती गर्न थप सहज भएको किसानहरुको भनाइ छ । आधुनिक प्रविधि अनुसार खेती गर्दा राम्रो उत्पादन हुने किसान बडिमालिका नगरपालिका ७ ढम्कनेका राम बहादुर धामीले बताए ।

No description available.

“खेती गर्छु भनेर मात्र पनि हुन्नरहेछ”, उनले भने, “कृषि सम्बन्धी ज्ञान भएमा तरकारी खेतीबाट राम्रो आम्दानी लिन सकिने धामीको भनाई रहेको छ । रोग कीराका विषयमा आफूलाई जानकारी भयो भने धेरै सहज हुने रहेछ ।” उनको भनाइ रहेको छ ।

No description available.

कृषि ज्ञान केन्द्र बाजुरा, स्थानिय तह र स्थानिय तहका कृषि शाखाबाट व्यावसायिक रूपमा खेतीमा जुटेका किसानको पहिचान गरेर उनीहरूको व्यावसायिक योजनाको आधारमा अनुदान सहयोग गर्दै आएको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख हरी प्रशाद पनेरुले बताए ।

No description available.

भौगोलिकरूपमा उर्वरभूमि रहेकाले कृषिलाई प्राथमिकतामा राखेर काम गरिरहेको कृषि ज्ञान केन्द्र बाजुराका सुचना अधिकारी मिनप्रशाद जोशीले बताए । व्यावसायिक खेतीका लागि माटोको परीक्षण लगायत कृषकहरुलाई अनुदान प्रबिधीहरु र माटो सुहाँउदो बाली लगाउन प्रोत्साहन गरिने गरेको सुचना अधिकारी जोशीको भनाइ छ ।

No description available.
‘आर्थिकरूपमा किसानलाई सक्षम बनाउन कृषिमा जोड दिन आवश्यक छ,’ उनले भने, ‘हामीले यहाँ माटो अनुसारको बालीमा जोड दिएका छौं । व्यावसायिक रूपमा खेतीमा लागेका किसानको पहिचान गरेर अनुदानको कार्यक्रम सञ्चालन गर्छौं । अहिले व्यावसायिक कृषिमा लाग्नेको संख्या बढ्दो छ ।’

No description available.
बाजुरा जिल्लामा पछिल्लो समय पुरानो रैथाने बाली संगै नयाँ उत्पादनलाई समेत प्राथमिकतामा राखेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ । आलु उत्पादन देखी तरकारी र फलफुलका पकेट क्षेत्र बनाएर काम गर्दा पहिले किसानहरु नलाग्ने भए पनि पछिल्लो समय किसानहरु आर्कषित हुदै गएका छन कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख हरी प्रशाद पनेरुले बताए ।

No description available.

जिल्लामा अहिले पुरान रैथाने जातका तरकारीलाई समेत प्राथमिकताकताका आधारमा कृषि प्रबद्धन गर्दै नयाँ प्रजातीका फलफुल समेतलाई जिल्लामा ल्याएर परिक्षणको रुपमा रहेको पनेरुले बताए । जिल्लाका बिभिन्न ठाउँमा ड्रागन खेतीको समेत सुरुवात गरिसकेको कृषि ज्ञा केन्द्र बाजुराले जनाएको छ ।

No description available.

यता केही कृषकहरुले भने बजार नहुदा तरकारी खेर जाने गरेका समेत बताउदै आएका छन । बुढिन्नदा नगरपालिका ५ का कृषक रणबहादुर बाेहराले तरकारी उत्पादन धेरै भए पनि बजार नभएका कारण समस्या हुने गरेकाे बताएका छन । कृषि क्षेत्रकाे उत्पादमा जाेड दिन स्थानिय तह स‌गै कृषि ज्ञान केन्द्र लगायत गैर सरकारी संस्था समेतले समेत सहयाेग गर्दै आएका छन ।

No description available.

जिल्लाका केही नमुना कृषि कार्यलाइ  जिल्ला स्थरिय टाेलीले अनुगमन समेत गरेकाे ‍छ। जसमा बडीमालिका नगरपालिका–७ ढम्कने र बुढीनन्दा नगरपालिकाका–९ र १० वडाको  पाण्डुसैनमा रहेका तरकारी र स्याउ खेतीको संयुक्त रुपमा अनुगमन गरिएको छ ।  कृषि ज्ञान केन्द्रलेको आर्थिक तथा प्राविधिक सहयोगमा पकेट क्षेत्रका रुपमा बनाइएका क्षेत्रको अवस्था र कृषकले उत्पादन गरेको तरकारी र स्याउ खेतीको संयुक्त रुपमा अनुगमन गरेको हो ।

बडीमालिका–७ ढम्कनेमा रहेको आलु पकेट क्षेत्र र बुढीनन्दा १०मा स्याउ र वडा नम्बर ९ मा सामुहिक महिलाले खेती गर्दै आएको तरकारी खेतीको अवस्थाको अनुगमन गरिएको कृषि ज्ञान केन्द्र बाजुरामा कार्यालय प्रमुख हरि प्रशाद पनेरुले बताएका छन् ।  उनका अनुसार ढम्कनेमा विभिन्न प्रजातीका आलु  लगाएर कृषकलाई आलुमा आत्मनिर्भर बनाउनेका लागि ज्ञान केन्द्र र लिवर्डको सहयोगमा पकेट क्षेत्र बनाएर खेती सुचारु गरिएको बताए ।

No description available.
बुढीनन्दा नगरपालिका–९ डिम्बरपानी गाउँमा जन विकास कृषक महिला समुहले व्यवसाय गर्दै आएको  तरकारी खेती  र वडा नम्बर १० मा   उन्नत जातको स्याउ खेतीको  ज्ञान केन्द्रले सहयोग गरेको ज्ञान केन्द्र बाजुराका सूचना अधिकारी मीनप्रसाद जैशीले जानकारी दिएका छन् ।
तरकारी र स्याउ खेतीको अनुगममा जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकाया,प्रमुख जिल्ला अधिकारी पुष्कर खड्का, सहायक प्रमुख जिल्ला अधिकारी राम कुमार तिमल्सेना,सरकारी कार्यालयका प्रमुख नेपाल पत्रकार महासंघ बाजुराका अध्यक्ष छक्क मल्ल लगायत अनुगमनमा सहभागी रहेका थिए ।

चर्चामा

सम्बन्धित समाचार