शुक्रबार, अशोज १८, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • जिल्ला हुलाक कार्यालय बाजुरामा तालाबन्दी

जिल्ला हुलाक कार्यालय बाजुरामा तालाबन्दी

  • आइतवार, असार १०, २०८०
जिल्ला हुलाक कार्यालय बाजुरामा तालाबन्दी

बाजुरा– नेपाल अतिरिक्त हुलाक कर्मचारी एसोसिएसन नेपालको आयोजनामा देशभरका हुलाक कार्यालयहरूमा धर्ना सुरु भएको छ । अतिरिक्त हुलाक कार्यालयमा कार्यरत कर्मचारीहरुले सरकारले बजेट भाषण मार्फत कार्यालय खारेजी गर्ने निणर्यको विरोधमा बाजुरामा पनि हुलाक कार्यालयमा कर्मचारीहरुले  सेवा ठप्प पारेका छन् ।
केन्द्रीय सर्कुलर अनुसार असार १० जिल्ला हुलाक कार्यालयका सबै सेवा अवरुद्ध पार्ने र असार ११ गतेदेखि नयाँ कार्यक्रम घोषणा हुने जनाएको छ । केन्द्रको निणर्य अनुसार बिहान १० बजे देखि दिउसो १ बजेसम्म धर्ना कार्यक्रम रहेकाे कर्मचारीहरुले बताएका छन । अतिरिक्त हुलाक कार्यालयमा कर्मचारीहरुले हुलाक प्रतिनिधि र पत्र वितरकले मासिक ८ हजार ३ सय १० रुपैया र डाक बाहकले ७ हजार २ सय ७५ रुपैया पारिश्रमीक पाउँदै आएका थिए ।
सोही रकम बढाउन वर्षौदेखि आन्दोलन गरिरहेका कर्मचारीहरुको माग सुन्नुको सट्टा सरकारले कार्यालय नै खारेज गरेर अपमान गरेको उनीहरूले बताएका छन् । यो कार्यालयमा १० वर्ष देखि ५० वर्ष सेवा गरेका ब्यक्तिहरु पनि छन् ।

चर्चामा

सम्बन्धित समाचार