बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • समाज
  • बुढीग‌गामा नगर उपप्रमुख कोशेली कार्यक्रम संचालन गरिने

बुढीग‌गामा नगर उपप्रमुख कोशेली कार्यक्रम संचालन गरिने

  • शनिबार, असार ९, २०८०
बुढीग‌गामा नगर उपप्रमुख कोशेली कार्यक्रम संचालन गरिने

बाजुरा ०८० असार ९ गते – बुढीगंगा नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ मा नगर उपप्रमुख कोशेली कार्यक्रम लागु गर्न नीति तथा कार्यक्रममा ल्याएको छ ।
नगरपालिका भित्रका सुत्केरी महिला तथा नवजात शिशु गरिव विपन्न आर्थिक अवस्था कमजोर स्वास्थ्य क्षेत्रको पहुच भन्दा टाढा रहेकाहरुको स्वाथ्य सुधारमा सहयोग पुग्ने कार्यक्रमको उद्देश्य रहेको नगर उपप्रमुख माया खड्का कुवरले जानकारी दिएकी छन् ।
नगर उपप्रमुख कोशेली कार्याक्रम नीति तथा कार्यक्रममा ल्याएईएको छ आवश्यक डाटा अनुसार रकम विनियोजन गरिने उपप्रमुख खड्काले बताईन । कार्यक्रम संचालनका लागि कार्यविधि बनाएर कार्यन्वयन गरिने उनले बताईन ।
नगर उपप्रमुख विशेष कार्यक्रम अन्तर्गत विपन्न परिवार, एकल महिला, लैंगिक हिंसा पीडित, दलित तथा पछाडि पारिएका समुदाय लक्षित उद्यम विकासका कार्यक्रमलाई थप प्रबर्द्धन गर्दै निरन्तरता दिइने छ । लैंगिक तथा घरेलु हिंसा पीडित एवम् जोखिममा परेका महिलाहरुको उद्धारका लागि स्थापना गरिएको लैंगिक हिंसा निवारण कोषलाई निरन्तरता दिइएको उपप्रमुख खड्काले बताईन ।

चर्चामा

सम्बन्धित समाचार