आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • समाचार
  • दाङमा चट्याङ लागेर दुई जना मृत्यु

दाङमा चट्याङ लागेर दुई जना मृत्यु

  • शनिबार, असार ९, २०८०
दाङमा चट्याङ लागेर दुई जना मृत्यु

दाङमा चट्याङ लागेर दुई जना मृत्यु भएको छ । शनिबार साँझ साढे ६ बजे परेको चट्याङ लागेर दंगीशरण गाउँपालिका- ६ बागरका ३२ बर्षीय समीर केसी र वडा नं. ३ चखौराका ३७ बर्षीय रामनारायण चौधरीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

चट्याङ लागेर घाइते भएका उनीहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजनकुमार गौतमले जानकारी दिए ।

उनका अनुसार केसी घाँस काट्न गएको बेला र चौधरी बारीमा तरकारी टिप्न गएको बेला चट्याङ लागेको थियो । दुबैको शव राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका राखिएको छ ।

चर्चामा

सम्बन्धित समाचार