• होमपेज
  • समाचार
  • श्रद्धाञ्जलीका लागि मन्त्री सिंहको पार्थिव शरीर धनगढी रंगशालामा राखिँदै

श्रद्धाञ्जलीका लागि मन्त्री सिंहको पार्थिव शरीर धनगढी रंगशालामा राखिँदै

  • बुधबार, असार ६, २०८०
श्रद्धाञ्जलीका लागि मन्त्री सिंहको पार्थिव शरीर धनगढी रंगशालामा राखिँदै

अर्थ जङ्ग शाही/बझाङ– श्रद्धाञ्जलीका लागि मन्त्री पृथ्वीबहादुर सिंहको पार्थिव शरीर धनगढी रंगशालामा राखिँदै छ। आज (बुधवार) बिहान ९ बजे उनको पार्थिव शरीरलाई धनगढी रंगशालामा राखिने भएको हो।

मंगलवार सडक दुर्घटनामा परी निधन भएका सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको श्रद्धाञ्जलीका लागि प्रदेश सरकारले सिंहको पार्थिव शरीरलाई धनगढी रंगशालामा राखिने जनाएको हो। धनगढीमा श्रद्धाञ्जली सभापछि अन्त्येष्टिका लागि गृह जिल्ला बझाङ लगिने पारिवारिक स्रोतले जनाएको छ।

मन्त्री नियुक्त भएको ३० औं दिनमा पहिलो पटक गृह जल्ला बझाङ जाने क्रममा सिंह सवार सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी बझाङको केदारस्युँ गाउँपालिकाको धारछडानजिकै दुर्घटना भएको थियो।

चर्चामा

सम्बन्धित समाचार