• होमपेज
  • समाचार
  • कांङ्ग्रेस सुदूरपश्चिम प्रदेशले ३ दिन शोक मनाउने

कांङ्ग्रेस सुदूरपश्चिम प्रदेशले ३ दिन शोक मनाउने

  • बुधबार, असार ६, २०८०
कांङ्ग्रेस सुदूरपश्चिम प्रदेशले  ३ दिन शोक मनाउने

सुदूरपश्चिम कांग्रेस सभापति तथा कैलाली क्षेत्र नं ४ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य बीर बहादुर बलायरद्वारा मन्त्री सिंह प्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । नेपाली काङ्ग्रेस सुदूरपश्चिम प्रदेशले ३ दिन शोकको रुपमा पार्टीका कुनै पनि कार्यक्रम नगर्न र पार्टीको झण्डा आधा झुकाउन निर्देशन समेत दिएको छ ।

शोक बक्तब्य
नेपाली काङ्ग्रेस बझाङ जिल्ला पुर्ब पार्टी सभापति , सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री माननीय पृथ्वीबहादुर सिंह ,वहाँकी धर्म्पत्नी अमृतादेवी सिंह , वहाँकी भाउजू जयादेवी सिंह सहित सवार रहेको सु.प.प्र. ००१ झ. ४८० नम्बरको गाडी धनगढी बाट डडेल्धुरा हुदै गृह जिल्ला बझाङ जाने क्रममा केदारस्युँ गाउँपालिका -१ जुवालीखेत देउरा बझाङमा दुर्घटना भइ तिनैजनाको असामयिक निधन भएको घटनाले अत्यन्तै दुखित र मर्माहत बनाएको छ ! मन्त्री सिंहले नेपाली काङ्ग्रेसको पार्टी संगठन निर्माण देखि नेपालको लोकतान्त्रिक आन्दोलनमा पुर्‍याउनु भएको अतुलनीय योगदान स्मरणीय रहेको छ । सरल स्वभाव र सादगी जीवन शैलीका एक साहसिक योद्धा पार्टी कार्यकर्ताका लागि प्रेरणाका स्रोत नै हुनुहुन्थ्यो । वहाँको निधनले पार्टीलाई अपुरणीय क्षती भएको छ । दु:खद यस शोकको घडिमा शोक सन्तप्त परिवार आफन्तजन सबैमा समवेदना प्रकट गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना सहित भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै दुर्घनामा परि घाइते हुनु भएकाहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु । नेपाली काङ्ग्रेस सुदूरपश्चिम प्रदेशद्वारा मन्त्री सिंहको असामयिक निधनमा सुदूरपश्चिम प्रदेशभर ३ दिन शोकको रुपमा पार्टीका कुनै पनि कार्यक्रम नगर्न र पार्टीको झण्डा आधा झुकाउन निर्देशन गरिन्छ ।
बीरबहादुर बलायर
सभापति

चर्चामा

सम्बन्धित समाचार