बिहिबार, जेष्ठ ३, २०८१
  • होमपेज
  • समाचार
  • संघीय सरकारद्धारा सेती लोकमार्गको बजेट आधाभन्दा बढीले कटौति

संघीय सरकारद्धारा सेती लोकमार्गको बजेट आधाभन्दा बढीले कटौति

  • शनिबार, असार २, २०८०
संघीय सरकारद्धारा सेती लोकमार्गको बजेट आधाभन्दा बढीले कटौति
फाइल तस्विर

बाजुरा– संघीय सरकारले सेती लोकमार्गको बजेट आधाभन्दा बढीले कटौति गरिएको छ। सेती लोकमार्ग अन्तर्गत टीकापुर–लोडे–चैनपुर–ताक्लाकोट सडक निर्माणका लागि बजेट कटौति गरिएको छ। चालु आर्थिक वर्षका लागि ६१ करोड ६५ लाख बजेट विनियोजन गरिएकोमा आगामी आर्थिक वर्षका लागि आधाले कटौति अर्थात ३० करोड एक लाख मात्र बजेट विनियोजन गरिएको छ।

चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ३१ करोड ६४ लाखले बजेट कटौति गरिएको छ। तराईदेखि पहाड जोड्ने सबैभन्दा छोटो दूरीको धनगढी–दिपायल द्रुत मार्ग हो। धनगढीदेखि दिपायल द्रुत मार्गको दुरी १ सय ५ किलोमिटर रहेकोमा सुरुङ मार्ग निर्माण भए ६० देखि ७० किलोमिटरमै दिपायल पुग्न सकिने भए पनि पछिल्लो समय सुरुङ मार्गको चर्चा हुन छोडेको छ। सुरुङ मार्गको योजना घोषणा हुँदा तत्कालिन सरकारको प्रतिनिधित्व गर्ने दलका प्रदेश र प्रतिनिधि सभा सदस्यहरुले धनगढी दिपायल द्रुत मार्गमा सुरुङ मार्गको योजना आफ्नै पहलमा आएको डम्फु बजाउने गरेका थिए। तर यो योजना पछिल्लो समय गायब छ।

सुदूरपश्चिमका ठुला आयोजना निर्माणमा बजेट कटौति गरिएको छ। धेरैजसो योजनाको बजेट आधाभन्दा बढीले कटौति गरिएको छ। राष्ट्रिय गौरवको आयोजना रानी–जमरा–कुलरिया सिँचाई, महाकाली सिँचाई आयोजना, महाकाली करिडोर र सेती लोकमार्ग निर्माणमा संघीय सरकारले बजेट कटौति गरेको छ।

रानी–जमरा–कुलरिया सिँचाई आयोजनाका लागि चालु आर्थिक वर्षका लागि दुई अर्ब ८५ करोड विनियोजन गरिएकोमा आगामी आर्थिक वर्षका लागि दुई अर्ब ६३ करोड मात्र विनियोजन गरिएको छ। महाकाली कोरिडोरको बम्हदेव–झुलाघाट–दार्चुला र दार्चुला–टिङ्कर सडक खण्डको स्तरोन्नतिका लागि ४५ करोड विनियोजन गरिएको छ।

गत वर्ष ८० करोड बजेट विनियोजन गरिएको थियो। त्यस्तै खुटिया–दिपायल–चैनपुर–उरैभन्ज्याङ्ग सडक निर्माणका लागि २५ करोड बजेट विनियोजन गरिएको छ। दैजी–जोगबुढा–डडेल्धुरा सडक स्तरोन्नतिका लागि ३० करोड छुट्याएको छ। कञ्चनपुरको ब्रम्हदेव क्षेत्रको दुई हजार ९ सय हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याउन शाखा नहर निर्माण कार्य अघि बढाउन एक अर्ब १७ करोड बजेट विनियोजन गरिएको छ।

चर्चामा

सम्बन्धित समाचार