सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • कला /साहित्य
  • जहाँ कम्जोर हुन्छ त्यहिँ प्रहार हुन्छन्

जहाँ कम्जोर हुन्छ त्यहिँ प्रहार हुन्छन्

  • शनिबार, असार २, २०८०
जहाँ कम्जोर हुन्छ त्यहिँ प्रहार हुन्छन्

जाहाँ कम्जोर हुन्छ त्यहिँ प्रहार हुन्छन्
दुनियाँमा सधै अनौठो सत्कार हुन्छन्।

अपहेलित याहाँ इमान उपहास बन्यो,
हुँने खानेहरू वेइमानको उद्धार हुन्छन्।

गरिब हुँने कसैलाई रहर हुन्छ र काहीँ,
गरिब बनाउँने धनीसँग आधार हुन्छन्।

भन्छन मरेपछि स्वर्गमा पुगिन्छ हामी,
झुटाकुरा समाजमा धेरै साभार हुन्छन्।

मानिस आफैले बनाउँछन् नियम सधै,
तिनै नियम कानुनहरू व्यापार हुन्छन्।

गरिबको सरकार रोज्छन् जनताहरूले,
सत्तामा गरिब नै हिट्लर र जार हुन्छन्।

चर्चामा

सम्बन्धित समाचार