सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • कला /साहित्य
  • आफ्नै देशभित्र बिधुतको हाहाकार हुन्छ

आफ्नै देशभित्र बिधुतको हाहाकार हुन्छ

  • शुक्रबार, असार १, २०८०
आफ्नै देशभित्र बिधुतको हाहाकार हुन्छ

आफ्नै देशभित्र बिधुतको हाहाकार हुन्छ,
छिमेकीलाई सस्तोमा बुधुत व्यापार हुन्छ।

जनघाती देशघाती सरकार छ हाम्रैदेशमा,
उत्पादन शुन्य गराउँछ रिणको भार हुन्छ।

चुनेर पठाउछौँ देश हितमा काम गर्न लाई,
जान्छ सिखरमा त्यसपछि ऊ गद्धार हुन्छ।

सरकारको अदुरदर्शियता देशबेहाल भयो,
गलत सम्झौता बिदेशी घुस्ने आधार हुन्छ।

सिंचाई त छैन हुँदैन देशभित्र पिउँने पानी,
मानव तस्कर गर्छन् उस्तै भ्रष्टाचार हुन्छ।

राष्ट्रियता गणतन्त्रको हितमा लेखौँ साथी,
जनताको आवाज उठाउँने अखबार हुन्छ।

जुन सरकार बनाएपनि राष्टघाती जनघाती,
हाम्रै कम्जोरीले यो देशभित्र लगातार हुन्छ।

चर्चामा

सम्बन्धित समाचार