• होमपेज
  • समाचार
  • गेटामा स्वास्थ्य विश्वविद्यालय सञ्चालनमा आर्थिक चलखेलको आंशका

गेटामा स्वास्थ्य विश्वविद्यालय सञ्चालनमा आर्थिक चलखेलको आंशका

  • बिहिबार, जेष्ठ ३२, २०८०
गेटामा स्वास्थ्य विश्वविद्यालय सञ्चालनमा आर्थिक चलखेलको आंशका

नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ कोे बजेट भाषणमा अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले गेटामा प्रतिष्ठान सञ्चालन गर्ने भनेपछि सुदूरपश्चिममा आन्दोलन सुरु भयो। गेटामा स्वास्थ्य विश्वविद्यालय सञ्चालनको माग गर्दै संघर्ष सुरु भएको १३ दिन भइसकेको छ। दैनिक फरक–फरक तरिकाले सहिद दशराथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको माग गर्दै प्रदेशवासी आन्दोलित छन्।

बुधवार सुदूरपश्चिम प्रदेश प्रमुखको कार्यालय अगाडि धर्नामा सबेकाहरुले सरकार स्वास्थ्य क्षेत्रका माफियाको कब्जामा रहेको आरोपसमेत लगाएका छन्। आन्दोलनकारीहरु भन्दै थिए, ‘अर्थमन्त्री ज्यूको क्लियर धारण आउनु पर्यो। उहाँको बोलि नफ्ट्ने कारण के हो? उहाँले पैसाको चलखेल गर्नु भएको छ की?’ नेपाल सरकार स्वास्थ्य क्षेत्रका माफियाहरुको कब्जामा रहेकाले गेटामा विश्वविद्यालय सञ्चालन गर्न नचाहेको तर्क उनीहरुको छ।

नेपालकै पहिलो स्वास्थ्य विश्वविद्यालय गेटामा सञ्चालनमा आए, नागरिकले स्तरीय स्वास्थ्य उपचार सेवा र स्वास्थ्य शिक्षा पाउने भए पनि सरकार उदाशिन रहेको तर्क उनीहरुको छ। स्वास्थ्य क्षेत्रमा ठुलो लगानी गरेकाहरुले सरकारका मन्त्री तथा उच्च पदस्थ कर्मचारीलाई ठूलो रकम बुझाएको हुन सक्ने आन्दोलनकारीहरुको आंशका छ।

चर्चामा

सम्बन्धित समाचार