शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • कला /साहित्य
  • मलाइ कसै संग बोल्न मन छैन (गद्य~कविता)

मलाइ कसै संग बोल्न मन छैन (गद्य~कविता)

  • शनिबार, जेष्ठ १३, २०८०
मलाइ कसै संग बोल्न मन छैन (गद्य~कविता)

ओ हो कत्ती ठुलो भएको
हुनत सहर गएको
आजभोलित उ कसै सँग पनि बोल्नै ठान्दैन ,
मेसेज’नै हेर्दैन ,कसैलाइ टेर्दैन खुब घमण्ड गर्छ !
आफ्नै रप्तारमा हिन्छ!
खाएको छ पिएको छ भन्दै थिइन् मुरली त्यस्तो हैन ।
दिगदार छ चैन छैन !
मन शान्त हुँदैन !
जिवनमा खुसी छैन !
त्यै भएर मलाइ कसै संग बोल्न मन छैन!
घमण्ड गर्नलाइ म कुनै राजा हैन !
म कुनै मन्त्री प्रधानमन्त्री पनि छैन।।

अलिकति भएपनि यो ओठमा हाँसो फुरेपछी सबै सँग बोल्न मात्रै हैन अंगालोनै हाल्नेछु !
पर्खिदिनुस् तपाइको घरमै पाल्नेछु
सबैलाइ फौन लाउनेछु
आफै भेट्न आउनेछु
इश्वरले पनि चोटै चोट दिएको छ
अहिले मन सारै बिथोलिएको छ!
आफ्ना दु:ख बेदना लुकाएरै बस्न मन छ खोल्न मन छैन!
मलाइ कसै सँग बोल्न मन छैन !

हो मलाइ कसै सँग पनि बोल्न मन छैन!

पारस भट्ट (प्यासी) मेलौली दुई
(सुन्दर भुमी )सेलि बैतडी
हाल काठमाडौ (बालाजु)

चर्चामा

सम्बन्धित समाचार