शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाज
  • बाजुरा जिल्ला अदालत वार इकाईमा ७ जना सदस्यमा दुइ समुह

बाजुरा जिल्ला अदालत वार इकाईमा ७ जना सदस्यमा दुइ समुह

  • मङ्लबार, जेष्ठ ९, २०८०
बाजुरा जिल्ला अदालत वार इकाईमा ७ जना सदस्यमा दुइ समुह
बाजुरा–बाजुरा जिल्ला अदालत वार इकाईमा ७ जना सदस्यमा दुइ समुह देखा परेका छन् । भर्खरै पुर रावत नेतृत्वले बाजुरा जिल्ला अदालत वार इकाई गठन गरेको घोषणा गरेको थियो । तर त्यस लगत्तै अध्यक्ष गगन रावलले अल्पमत सदस्यले बाजुरा जिल्ला अदालत वार इकाई गठन गरेको आधारिकारी नभएको भन्दै बिज्ञप्ती जारि गरेको छ ।
बिज्ञप्तीमा ७ जना मध्ये तिनजना सहभागि भएर बाजुरा जिल्ला अदालत वार इकाई घोषणा गरेको यसमा बहुमत सदस्य बाहिर रहेकोले अबैधानिक र भ्रामक समचार भएको भन्दै कसैको ध्यान नजान बिज्ञप्तीमा उल्लेख रहेको छ । अध्यक्ष उपाअध्यक्ष लगायत बहुमत सदस्य सहभागि नभएको वार इकाइ कसरी गठन हुन्छ, यो तिनजानले राजनितिक पुर्वाग्राहि हिसाबले गठन गरेको रावलले बडीमालिका खबर सँग वताएका छन् ।
बाजुरा जिल्ला अदालत वार इकाईमा गगन रावल, जनक बोहोरा, पुर रावत, भिम केसी, हर्क खडायत, लाल बहादुर थापा र कमला ओली सदस्य रहेका छन् । गगन रावलका अनुसार सुक थापा र तुलाराम जैशि भने नयाँ सदस्य रहेको वताएका छन् । तर पुर रावतले भने कमला ओलीको बाजुरा नरहेको नयाँमा सुक थापा र खग्रेन्द्र बिष्ट रहेको वताए । तुलाराम जैशीको निर्णय भएको तर शुल्क नतिरेका कारण सदस्यताको मान्यता नपाएको दाबि गरेका छन् ।
दुइ समुहले नयाँ तथा पुराना सदस्य आफु अनुकुल रहेको दाबि गरिरहेका छन् । नयाँ निर्वाचित अध्यक्षको दाबि गरिरहेका पुर रावतले गगन रावलले निकालेको बिज्ञप्तीको कुनै अर्थ नरहेको दाबि गरेका छन् । लामो समय सम्म वारको अधिबेशन गर्न नसकेकाले आफुहरुले इकाइ गठन गरेको वताएका छन् ।
रावतले जनक कुमार बोहोरा लगायत सदस्यको समर्थन रहेको वताएका थिए । तर जनक बोहोराले बडीमालिका खबर सँग भने तिनजनाले बनाएको वार इकाइमा कुनै सहमत नभएको वताएका छन् । आफ्नो यसमा सहमत नभएको यो अल्पमत सदस्यले गठन गरेको यसमा कुनै बैधानिकता नभएको वताएका छन् ।
No description available.

चर्चामा

सम्बन्धित समाचार