बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • स्वामीकार्तिक खापर गाउपालिकामा खाद्य बिक्रि केन्द्र स्थापना

स्वामीकार्तिक खापर गाउपालिकामा खाद्य बिक्रि केन्द्र स्थापना

  • मङ्लबार, जेष्ठ ९, २०८०
स्वामीकार्तिक खापर गाउपालिकामा खाद्य बिक्रि केन्द्र स्थापना

बाजुरा– देशकै सवै भन्दा गरिव पालिका स्वामीकार्तिक खापर गाउँपालिकामा खाद्य विक्रि केन्द्र स्थापना गरिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सहयोगमा स्वामीकार्तिक खापर गाउँपालिकाको केन्द्र सुई जिउलामा खाद्या विक्री केन्द्र स्थापना गरिएको गाउपालिका अध्यक्ष भरत रोकायाले बताए ।
राष्ट्रिय सूचना आयोगका सूचना आयुक्त कमला ओलीले विक्रि केन्द्रको उद्घाटन गरेको छ । विक्रि केन्द्रको स्थापना गर्दै सूचना आयुक्त ओलीले दुर्गम ठाउँमा रहेको स्वामीकार्तिक खापर गाउपालिकामा राज्यले छिटो भन्दा छिटो स्थायी खाद्या डिपो नै स्थापना गर्नु पर्ने त्यसको लागि आफु पहल गर्ने बताएकी छन् । यस अघि गाउँपालिकाबासीले घण्टौ टाढा रहेको कोल्टी, पिलुचौर लगायतका बजारबाट महंगो मुल्यमा खाद्यन्न किनेर खाने गरेका थिए ।
गाउँपालिका बासीलाई बजारको भन्दा सस्तो र सुलभ मुल्यमा खाद्यन्न उपलव्ध गराउनका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीसंगको सहकार्यमा गाउँपालिकामै पहिलो पटक खाद्यन्न विक्री केन्द्र स्थापना गरेको गाउँपालिकाका अध्यक्ष भरत बहादुर रोकायाले बताएका छन् ।
गाउँपालिकामा पहिलो पटक खाद्यान्न विक्री केन्द्र स्थापना भएपछि यहाँका स्थानीयलाई घण्टौ हिँडेर बजारको महंगो मुल्यमा चामल किनेर खानु पर्ने बाध्यता हटेपछि स्थानिय खुशी भएका छन् । अव चाडे स्थायी डिपो नै स्थापनका हुने विश्वस समेत रहेको स्थानियले आशा राखेका छन् ।

५ सय क्विन्टल चामल स्वीकृत भई पहिलो चरणमा ३ सय क्विन्टल दुवानी गरेर बिक्रि थालिएको गाउपालिका अध्यक्ष रोकायाले बताए । खाद्यान्न कम उत्पादन हुने यस क्षेत्रमा यातायातको सहज पहुँच नहुँदा सजिलै खाद्यान्न ढुवानी गरेर लिनसमेत कठिन रहेको गाउँपालिकाका रोकायाले बताए ।

गाउँपालिकाको पटक, पटकको पहलबाट नयाँ खाद्य विक्रि केन्द्र स्थापनासँगै यहाँका स्थानीयले सहजरुपमा अनुदानको चामल पाउने आशा व्यक्त गरेका छन् । दुर्गम क्षेत्रमा ५ सय क्विन्टल चामल कम भएको भन्दै कोटा बढाउन यहाँका स्थानीयले माग गरेका छन् । यस क्षेत्रमा खाद्य विक्रि केन्द्र स्थापना गरेर सर्वसाधारणलाई खाद्यान्न आपूर्तिमा सहज बनाउने निर्वाचित गाउपालिका अध्यक्षको चुनावी एजेण्डा थियो । चुनावी एजेण्डा पूरा भएपछि स्थानीयले खुशी व्यक्त गरेका छन् । स्वामीकार्तिक खापर गाउपालिकाका स्थानियले बजारमा ६ हजार पर्ने चामल बिक्रि केन्द्र स्थापना पछि ५ हजार २ सयमा अरुवा मोटो चामल र ५ हजार ५ सय मुल्यमा सोना मनसुरी चामल पाउन थालेका छन् ।

चर्चामा

सम्बन्धित समाचार