• होमपेज
  • राजनीति
  • सुदूरपश्चिमको मन्त्रिमण्डल आज काठमाडौंमा, भोलि पोखरा जाने

सुदूरपश्चिमको मन्त्रिमण्डल आज काठमाडौंमा, भोलि पोखरा जाने

  • मङ्लबार, जेष्ठ ९, २०८०
सुदूरपश्चिमको मन्त्रिमण्डल आज काठमाडौंमा, भोलि पोखरा जाने

काठमाडौं– सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिमण्डल सोमवार साँझ काठमाडौं पुगेको छ। मन्त्रिमण्डलको टोली सोमवार साझ धनगढीबाट हवाईमार्गहुँदै काठमाडौं पुगेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।

शनिवारमात्रै मन्त्रिपरिषद् विस्तारगरि माओवादी केन्द्रलाईपनि समेटेका मुख्यमन्त्री कमलबहादुर साहले प्रदेश सरकारका सम्पूर्ण मन्त्रीहरूलाई काठमाडौं गएका हुन्। केन्द्र सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणको अन्तिम चरणमा रहँदा सुदूरपश्चिम प्रदेशको आर्थिक प्याकेज नघटाउन आग्रह गर्न मुख्यमन्त्री साहले अन्यमन्त्रीहरूलाई पनि काठमाडौं लिएर गएका हुन्।

उनीहरूले सत्ता गठबन्धनका विभिन्न नेता तथा मन्त्रिमण्डलका विभिन्न मन्त्रीहरूलाई भेटेर प्रदेशको आर्थिक प्याकेज नघटाउन आग्रह गर्ने कार्यतालिका रहेको र भोलि पोखरामा हुने सम्मेलनमा मुख्यमन्त्री कमलबहादुर शाह सहभागिहुने कार्यक्रम रहेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार