बाजुरा– पेशागत महासघ नेपाल जिल्ला कार्य समिति बाजुराकाे चाैथाे जिल्ला अधिवेसनबाट खडक शाह अध्यक्ष चयन भएका छन् ।
विभिन्न पेशाकर्मीहरुकाे छाता संगठन पेशागत महासंघ नेपालकाे जिल्ला समिति गठन भएकाे छ । सरकारी तथा निजी क्षेत्रका विभिन्न पेशामा आबद्ध पेशाकर्मीहरुकाे हक हितमा काम गर्ने साझा संस्थाका रुपमा रहेकाे महासंघकाे शनिवार जिल्ला समिति गठन भएकाे हाे ।
समितिमा सरकारी तथा गैरसरकारी क्षेत्रका सेवामा कार्यरत श्रमिकहरुका संगठनकाे प्रतिनिधित्वसिहत समित गठन भएकाे हाे । समितिकाे अध्यक्ष शाहकाे नेतृत्वमा ११ सदस्यीय समिति चयन भएकाे छ ।
जसकाे उपाध्यक्षमा भावना बाेहरा, गाेकर्ण रेग्मी सचिवमा रूपक राैले सहसचिवमा रामचन्द्र पाण्डे काेषाध्यक्षमा माया खड्का चयन भएका छन् । त्स्तै सदस्यमा प्रश्चिमा रावल, सरिता दास नेपाली, रणबहादुर थापा र प्रमित विक रहेका छन् ।
पेशागत महासघ नेपाल जिल्ला कार्य समितका अध्यक्ष कृष्ण नाथकाे अध्यक्षतामा सुरू भएकाे अधिवेसनकाे प्रमुख अतिथि नेकपा एमाले जिल्ला कमिटी सचिव भरत थापा रहेका थिए । कायर्क्रममा पेशागत महासघ नेपालका केन्द्रीय सदस्य खम्विर बुढा, नेपाल निजामति कर्मचारी संगठन जिल्ला अध्यक्ष पुर्णन्द्र जैशी, निजामति शिक्षक संगठनका अध्यक्ष रामबहादुर रावल,नेपाल बैक तथा बितिय संगठन प्रदेशसदस्य भावना बाेहरा उपस्थित रहेका छन ।
त्यस्तै प्रेस चाैतारी नेपालका सुदुरपश्चिम प्रदेश अध्यक्ष कृष्ण ओली , निजामति कर्मचारी संगठन प्रदेश सदस्य दिपसिह भण्डारी लगाएका अतिथिहरू रहेका थिए ।