• होमपेज
  • देश
  • प्रदेश सरकारका सय दिनः के–के भए उपलब्धि?

प्रदेश सरकारका सय दिनः के–के भए उपलब्धि?

  • शुक्रबार, जेष्ठ ५, २०८०
प्रदेश सरकारका सय दिनः के–के भए उपलब्धि?

धनगढी– सुदूरपश्चिम प्रदेश सरकार गठन भएको सय दिन पुगेको छ। गत माघ २७ मा शपथ खाएका मुख्यमन्त्री शाहको शुक्रवार पदभार ग्रहण गरेको सय दिन पुगेको हो।

शुक्रवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री शाहले सरकारका सय दिनका उपलब्धि सार्वजनिक गरेका छन्। मुख्यमन्त्रीले राजनीतिक सहमति र स्थायित्वको नेतृत्व गर्दै वर्तमान सरकारले काम गरिरहेको उनको दाबी छ।

भौतिक पूर्वाधार विकासमा बढोत्तरी, वार्षिक विकास कार्यक्रम पहिचान छनोट र प्राथमिकीकरणमा अनुशासित र जवाफदेही प्रणाली स्थापनाको सुरुवात र वार्षिक बजेट तर्जुमामा स्थानीय तहसँगको उच्चतम समन्वय र सहकार्य संस्कृतिको विजारोपण भएको उल्लेख गरिएको छ। सरकारले धार्मिक र प्राकृतिक पर्यटन प्रवर्द्धन र पर्यटन पूर्वाधार निर्माण, विपद् जोखिम न्यूनीकरणमा सहकार्य र शिक्षा र स्वास्थ्य क्षेत्रको समग्र सुधारको पहल थालिएको मुख्यमन्त्री शाहले बताए।
यस्ता छन् उपलब्धि
सरकारले पूर्वाधारतर्फ २२ किलोमिटर पक्की र ७५ किलोमीटर ग्राभेल सडक निर्माण भएको र खानेपानीका ३३ वटा आयोजनाबाट ४ हजार ५३८ जना लभान्वित भएका छन्। यो अवधिमा ३ वटा सडक पुल र १ झोलुङ्गेपुलको काम सम्पन्न भएको छ।
प्रदेश सरकारले थप १ हजार २२६ हेक्टरमा सिँचाइ सुविधा पुगेको, १५० लाख किलोग्राम खोटो र ५ लाख किलोग्राम जडिबुटी संकलन हुँदा प्रदेशभर ४५ हजार बिरुवा रोपिएको जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार