बाजुरा– नेकपा एमाले बाजुराले बुधबार जननेता मदन भण्डारी र जीवराज आश्रितको ३० औँ स्मृति दिवस विविध कार्यक्रम गरि मनाएको छ ।
तत्कालीन एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको रहस्यमय जीप दुर्घटनामा निधन भएको थियो ।
हरेक वर्ष जेठ ३ गते एमालेले विभिन्न कार्यक्रम गरी मदन–आश्रित स्मृति दिवस मनाउँदै आएको छ ।
नेकपमा एमालेले देशै भरि विविध कार्यक्रम गरि बनाएकोमा नेकपा एमाले बाजुराले पनि पार्टी कार्यालय मार्तडी बाजुरामा आज दिउसो मदन–आश्रित स्मृति कार्यक्रम राखेको छ । नेकपा एमाले जिल्ला कमिटी सचिव भरत थापाको अध्यक्षमा भएको कार्यक्रमको प्रमुख अतिथि नेकपा एमाले सुदुरपश्चिम प्रदेश कमिटी सचिवाल सदस्य गगन रालव थिए । कार्यक्रममा जिल्ला स्थित जिल्ला कमिटी सदस्य तथा जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकाय, अनेमा सघ बाजुरा जिल्ला अध्यक्ष तथा जिल्ला कमिटी सदस्य कोपीला सिंह लगाएत जिल्ला कमिटीका नेताहरु उपस्थित रहेको कार्यक्रमको संचालन नेकपा एमालेका प्रचार प्रचार बिभाग प्रमुख काशी विकले गरेका थिए ।
कार्यक्रममा नेकपा एमालेका पुराना नेता बुद्धिसिंह थापालाई दोसल्ला सहति सम्मान गरेको छ । पार्टीको विकास पार्टीको आन्दोलमा योग्दान र मुल्याङकनका आधारमा सम्मान गरिएको नेकपा एमालेका सचिव भरत थापाले बताए ।
कार्यक्रममा उपस्थितिका लागि एमालेले नेता कार्यकर्ता भातृ संगठनका शुभेच्छुकहरूलाई निमन्त्रणा गरेको थियो ।
रहस्यमय जीप दुर्घटनामा मदन–आश्रितको निधन भएपनि घटनाको छानबिन नभएको भन्दै पटक पटक आलोचना हुँदै आएको छ ।
जीप त्रिशूली नदीमा खसेर दुर्घटना हुँदा भण्डारी र आश्रितको निधन भएको थियो भने चालक अमर लामा जीवित रहेका थिए ।