शुक्रबार, पुस २६, २०८१
  • होमपेज
  • कला /साहित्य
  • कविता: चिन्ता लाग्छ

कविता: चिन्ता लाग्छ

  • आइतवार, बैशाख ३१, २०८०
कविता: चिन्ता लाग्छ

 

चिन्ता लाग्छ !
जब कोहि बिमारी हुन्छ मेरो गाउँमा स्ट्रेचरको खोजी तलासी हुन्छ ! घर घरमा गएर गुहार माग्नु पर्छ!
दाइ मल्लाघरे बालाइ हस्पिटल पुगाउनु पर्ने भयो!
दाइको फुर्सद छैन् गोठमा गाइबस्तु भोकै छन् ,बाल बच्चालाई स्कुल पुगाउनु पर्ने छ!
श्रीमतिको रुखबाट लडेर पुरै हड्डि भाँचिएको छ!
फेरि अर्को घरमा जानू पर्ने भयो ! ओहो हो के भएछ मल्ला घरे काकालाइ पिसाब बन्द भाछ! हस्पिटल पुगाउनु पर्ने भयो !

छोरा नातिहरु कोहि घरमा छैनन् म बूढो आफैँ बिरामी छु म सक्दिन्!
फेरि अर्को घरमा गएर आमालाइ भन्नुपर्यो!
एकछिनलाइ तपाइको छोरा पठाईदिनु मल्लाघरे बालाई निकै गार्हो भयो! हस्पिटल पुगाउनु पर्ने भयो! अरु मान्छे कोहि छैन् दुइचार जना हामिनै हो काँधमा बोकेर उता हस्पिटल पुगाउनु पर्ने भयो!

बल्लतल्ल एक घण्टा दुई घण्टा काधमा बोकेर हस्पिटल पुगाउछौँ तर त्यहाँ सामान्य टाउको दुखेकोलाइ दिन सिटामोल छैन !
बाको पिसाब बन्द भाछ त्यस्को उपचार हुने कुरै भएन!
त्यहाँ बाट सहर बजारका हस्पिटलमा रिफर गर्नु पर्ने भयो!
दैब पनि कति निस्टुरि बा त बाटोमै बितिहाल्नु भयो!
चिन्ता लाग्छ!
क्रमश ::
अबको भागमा खेल मैदानका कुरा आउने छन्!

 

चर्चामा

सम्बन्धित समाचार