शुक्रबार, मंसिर १४, २०८१
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिमका मन्त्रालयहरुमा नयाँ सचिव आउँदै

सुदूरपश्चिमका मन्त्रालयहरुमा नयाँ सचिव आउँदै

  • बुधबार, बैशाख २७, २०८०
सुदूरपश्चिमका मन्त्रालयहरुमा नयाँ सचिव आउँदै

सुदूरपश्चिम प्रदेशका विषयगत मन्त्रालयहरुमा नयाँ सचिव आउने भएका छन्। नेपाल प्रशासन सेवाका सह–सचिव भरत खनाल प्रदेश प्रमुखको कार्यालयका लागि सरुवा भएर आउँदैछन्। प्रदेश प्रमुखको कार्यालयमा हाल निमित्त सचिवको रुपमा शैलेशराज ढुंगाना कार्यरत छन्।
नेपाल प्रशासन सेवाका सह–सचिव ज्ञानप्रसाद ढकाल सामाजिक विकास मन्त्रालय सुदूरपश्चिमको सचिव भएर आउन लागेका हुन्। सो मन्त्रालयमा लामो समयदेखि सचिव नहुँदा मन्त्रालयका कामकाज प्रभावित छन्। त्यस्तै, नेपाल सरकार प्रशासन सेवाका सह–सचिव भगवान अर्याल आन्तरिक मामिला तथा कानुन मन्त्रालय सुदूरपश्चिम प्रदेशको सचिव भएर आउँदैछन्।
सो मन्त्रालयमा हाल कमलराज ढकाल सचिवको रुपमा कार्यरत छन्। सरुवा सम्बन्धी मन्त्रीपरिषद्को निर्णयले एकैपटक ती सह–सचिवको सरुवा गरेको छ। विभिन्न निकाय तथा कार्यालयमा कार्यरत सहसचिवहरूको सरुवा भएको हो। सरुवासम्बन्धी मन्त्रिपरिषद्को यो निर्णय एक साता अघिकै भए पनि ढिला गरी सार्वजनिक भएको हो।
सरुवाको यो निर्णय मन्त्रिपरिषद्को गत १९ गतेको बैठकले गरेको हो। खनाल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ढकाल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय वा अन्तर्गत र अर्याल शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय वा अन्तर्गत कार्यरत थिए।

चर्चामा

सम्बन्धित समाचार