बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • भारतको मध्यप्रदेशमा बस नदीमा खस्दा १५ जनाको मृत्यु

भारतको मध्यप्रदेशमा बस नदीमा खस्दा १५ जनाको मृत्यु

  • मङ्लबार, बैशाख २६, २०८०
भारतको मध्यप्रदेशमा बस नदीमा खस्दा १५ जनाको मृत्यु

काठमाडौं– भारतको मध्यप्रदेशमा एउटा यात्रु बस पुलबाट नदीमा खस्दा कम्तिमा पनि १५ जनाको मृत्यु भएको छ । मध्यप्रदेशका गृहमन्त्री नरोत्तम मिश्रका अनुसार १५ जनाको शव भेटिएको छ र अरु २० २५ जना घाइते भएका छन् ।

खरगोन भन्ने ठाउँमा दासंगा र डोगरगाउँ जोड्ने पुलको रेलिङ भाँचेर बाट बस बैराड नदीमा खसेको थियो । नदीमा पानी थिएन् ।

भारतीय समाचार संस्था पीटीआईका अनुसार मध्यप्रदेश सरकारले मृतकका परिवारलाई ४–४ लाख रुपैयाँ र गम्भीर घाइतेलाई ५०–५० हजार तथा सामान्य घाइतेलाई २५ हजार रुपैयाँ आर्थिक सहयोग दिने घोषणा गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार