शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बडिमालिका
  • सदरमुकाम मार्तडीमा नेपाली सेनाद्धारा विपत सम्बन्धी डेमो प्रर्दशन

सदरमुकाम मार्तडीमा नेपाली सेनाद्धारा विपत सम्बन्धी डेमो प्रर्दशन

  • मङ्लबार, बैशाख २६, २०८०
सदरमुकाम मार्तडीमा नेपाली सेनाद्धारा विपत सम्बन्धी डेमो प्रर्दशन

बाजुरा– बाजुराको सदरमुकाम मार्तडीमा आगलागी नियन्त्रण तथा बिभिन्न बिपतको समयमा हुन सक्ने घटनालाई समेटेर बिपत सम्बन्धी जनचेतना मुलक डेमो प्रदर्शन गरिएको छ । मंगलबार बिहान जिल्ला सदरमुकाम मार्तडीस्थित थापाथली ब्यारेकमा आगलागी, भुकम्प, बाढि पहिरो लगायतका भइपरी आउने बिपत सम्बन्धी डेमो प्रदर्शन गरिएको हो ।

No description available.

जिल्ला विपद् व्यवस्थापन समिति बाजुराको समन्वयमा नेपाली सेना दुर्गाभन्ज्याङ गुल्मले बिपतमा हुने घटनाबाट कसरी उद्धार गर्ने भन्ने बिषयमा डेमो प्रदर्शन गरेको दुर्गाभन्जन गुल्मका गुल्मपती दिवाकर खड्काले बताए । आगलागी, मेडिकल, र्‍यापलिङ्ग, ग्यास सिलिण्डरमा आगो नियनत्रण लगायत विभिन अभ्यासहरुको साथै डेमो प्रर्दशन गरिएको गुल्मपती खड्काले बताए ।

No description available.
त्यसैगरी घाइतेलाई कसरी प्राथमिक उपचार गर्ने? पीडितको पुर्नस्थापना कसरी गराउने, गम्भीर घाइतेलाई अस्पतालसम्म कसरी लैजाने लगायतका विषय डेमोमा प्रदर्शन गरिएको सेनाले जनाएको छ । आगो नियन्त्रण भुकम्प बाढी पहिरो सम्बन्धी डेमोमार्फत जनचेतनामुलक कार्यक्रम गरिएको दुर्गाभन्ज्याङ गुल्म थापाथली ब्यारेकका गुल्मपती खड्काले बताएका छन । आगलागी जस्ता विपद्लाई सहजरुपमा उद्धार तथा स्थानियलाई सहज गर्न सकियोस् भन्ने उद्देश्यले डोमो प्रदर्शन गरिएको उनले बताएका छन् ।

No description available.
बाजुरा जिल्लामा वर्षेनी आगलागी, बाढि पहिरो लगायतका घटना घट्ने गरेकोले त्यस्ता घटनाबाट कसरी बच्ने र बचाउने भन्ने बिषयको डेमो प्रदशनले समाजमा केही सिकाई हुनेे प्रमुख जिल्ला अधिकारी तथा जिल्ला बिपत ब्यबस्थपन समिति अध्यक्ष पुष्कर खड्काले बताएका छन् ।

No description available.
डेमो रिहर्सलमा प्रारम्भिक उद्दार कसरी गर्ने? घटनाको चारकिल्ला कसरी सुरक्षित राख्ने, विपद्का बेला स्थानीयसँग कसरी समन्वय गर्ने? लगायतको कार्यहरु डेमोमा प्रदशन गरिएको नेपाली सेनाले जनाएको छ ।

No description available.
प्राकृतिक प्रकोप, दुर्घटना, आगलागी जस्ता विपदका घटनामा नेपाली सेनाले उद्धार, खोज तथा राहत वितरणको कामलाई प्रभाकारी रूपमा गर्दै आइरहेको छ ।

No description available.

विपद् व्यवस्थापन बारे विभिन्न तालिम लिएका सेनाहरू प्राकृतिक तथा अन्य विपत्तिका घटनाबाट मानिसको उद्धार तथा हराएका मानिसको खोजीकार्यका लागि परिचालित हुने गरेका छन् । विशेषगरी सेनाले आगलागी नियन्त्रण, भूकम्प जस्ता प्रकोपका बेला उद्धार, सडक दुर्घटनामा परेका व्यक्तिको उद्धार गर्ने, नदी, तालमा फसेका व्यक्ति तथा हराएका वस्तुको खोज गर्ने लगायतका कार्य नेपाली सेनाले गर्दै आएको छ ।

No description available.
दुर्गा भन्जन गुल्म थापाथलीमा गरिएको डेमो प्रदशन कार्यक्रमको प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काको अध्यक्षतामा संचालन गरिएको थियो । कार्यक्रममा बडिमालिका नगरपालिका नगर उप प्रमुख नन्दा थापा, सुरक्षा निकायका प्रमुखहरु, जिल्ला स्थित सरकारी कार्यालय प्रमुख तथा प्रतिनिधी एनसीसी क्याडेट, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।
सो कार्यक्रममा एनसीसी क्याडेटलाई समेत बिपतको समयमा कसरी उद्धार गर्ने भन्ने बिषयमा कक्षा समेत संचालन गरिएको दुर्गा भन्जन गुल्मले जनाएको छ । यो कार्य निरन्तर गर्ने दुर्गाभन्जन गुल्म थापाथली ब्यारेकले जनाएको छ ।

No description available.

No description available.

No description available.

No description available.

चर्चामा

सम्बन्धित समाचार