बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • बडिमालिका
  • मार्तडीको ओखलढुगां बस्तीका २८ परिवार बर्षौदेखी एकै धारोको भरमा

मार्तडीको ओखलढुगां बस्तीका २८ परिवार बर्षौदेखी एकै धारोको भरमा

  • सोमवार, बैशाख २५, २०८०
मार्तडीको ओखलढुगां बस्तीका २८ परिवार बर्षौदेखी एकै धारोको भरमा

बाजुरा– सदरमुकाम मार्तडीको भित्र रहेको एक बस्ती बषौँदेखी एउटै धारोको भरमा खानेपानी प्रयोग गरिरहेका छन । स्थानिय तहको पहिलो चुनावबाट निर्वाचित जनप्रतिनिधीले स्मार्ट सिटीको अवधारणा ल्याएको मार्तडी भित्रको एक बस्ती खानेपानीबाटै बञ्चित रहेकाे पाइएकाे छ ।

बडिमालिका नगरपालिका वडा नम्वर ९ को ओखलढुगां टोलका समुदायले बर्षौदेखी एकै धारोको भरमा रहेकाे स्थानियले बताएका छन।  २८ घरपरिवार रहेको ओखलढुगां टोलले खानेपानीका लागि एउटा मात्रै धारोले बर्षाै देखी चलाइरहेका छन।  सिंगो टोलमा अहिले सम्म कसैले चासो नदेखाएको स्थानियकाे गुनासाे रहेकाे छ ।
खानेपानीको जोहो गर्न बिहान र साझँ लाइनमा बस्नुपर्ने र लुगा कपडा धुन बाउली खोला जानुपर्ने बाध्यता रहेको स्थानीय सोधा नेपालीले बताइन ।

चुनावमा खानेपानीको व्यवस्था गरिदिने प्रतिवद्धता व्यक्त गरेका जनप्रतिनिधिले समेतले चासो नदिएको स्थानिय काल्चे दमाईकाे भनाइ रहेकाे छ । ओखलढुगां बस्तीमा सबै दमाइहरु बसोवास गर्दै आएका र  अहिले सम्म वडा, नगरपालिका, प्रदेश र संघिय सरकारको समेत आँखा नपरेको दमाइकाे भनाइ रहेकाे छ ।
सामान्य आधारभुत आवश्यकता मध्येको खानेपानी, शिक्षा, स्वास्थ्य जस्ता संवेदनशिल विषयमा नगरपालिकाले जहाँ अभाव रहेको छ त्यस ठाँउको लागत संकलन गरी परिपुर्ति गर्नुपर्ने भए पनि कसैको चासोको बिषय नभएको ओखलढुगांबासीको गुनासो रहेको छ ।
सदरमुकाम मार्तडीमा रहेको बृहत खानेपानी जताततै पाइप काटेर पानी खेर गइरहेको भए पनि सो बस्तीमा भने खानीपानी पुर्याउन नसकेको वडा न ९ का वडा अध्यक्ष सुर्यकिरण विकले बताए । अवको बजेटमा सो बस्तीको खानेपानी योजना समेट्न पर्यत्न गरिने उनले भने ।
संघीय व्यवस्था लागू भएर गाउँ-गाउँमा स्थानीय सरकार आएपनि आफूहरूका समस्या ज्यूँकात्यूँ रहेको उनिहरुको गुनासो छ । स्थानीय सरकार आएपनि खानेपानीको व्यवस्थापनका लागि खासै ध्यान नदिएको स्थानियको गुनासो रहेको छ । जतिसुकै सरकार आएपनि हाम्रा दुःख त कहाँ जान्थे र, चुनावमा यो बनाउँछौँ, ऊ बनाउँछौँ भनेर भन्नुहुन्छ तर पछि वास्तविक रूपमा नपाउने गरेकाे  टोलबासीको गुनासो रहेको छ ।
नेपालको संविधानको धारा ३५ को उपधारा (४) ले प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाईमा पहुँचको हक हुने गरी मौलिक हकको रूपमा खानेपानी अधिकारलाई प्रत्याभूत गरेकोले संघ, प्रदेश र स्थानीय तहले खानेपानी र सरसफाई सम्बन्धी कानून निर्माण गरी नागरिकको आधारभूत खानोपनीको हकलाई सम्मान, संरक्षक र परिपूर्ति गर्नुपर्ने उल्लेख भएकाे भए पनि साे बस्तीमा भने कसैकाे चासाे नगएकाे नागरिकअगुवाहरुकाे भनाइ रहेकाे छ ।

चर्चामा

सम्बन्धित समाचार