शुक्रबार, पुस २६, २०८१
  • होमपेज
  • कला /साहित्य
  • राणा उस्तै राजा उस्तै उनैका बन्धु भाई आए

राणा उस्तै राजा उस्तै उनैका बन्धु भाई आए

  • सोमवार, बैशाख २५, २०८०
राणा उस्तै राजा उस्तै उनैका बन्धु भाई आए

राणा उस्तै राजा उस्तै उनैका बन्धु भाई आए
नागरिकाता बेचेर बिदेशलाई गुन लगाई आए।

भुटे खोला नाला बन जङ्गल कण्ठमूल याहाँ,
आतङ्कारीहरू आज राजनीति समाइ आए।

भोट माग्दा दलित बाहुँन सबैका खुट्टा ढोग्नेले,
आज छुट्टाउँन भान्छा त्योभान्से नकराई आए।

यो देश भित्र भ्रष्टचारी बाहेक सबै भयो बिल्टो,
सरकारभित्र बिदेशीलाई फकाई फकाई आए।

हिंजो होटेल कोठिमा कामगर्ने सँग मागेरखाने,
आज उनैको रगत चुसेर नेता टन्न अघाई आए।

रातो झण्डाको ओटमा राता मण्डलेहरू याहाँ,
स्वाभिमान बेच्नलाई सरणयात्रीनै उठाई आए।

चर्चामा

सम्बन्धित समाचार