शुक्रबार, मंसिर १४, २०८१
  • होमपेज
  • समाचार
  • सदरमुकाम चैनपुर नजिकै जीपको ठक्करबाट दुई बालिका घाईते

सदरमुकाम चैनपुर नजिकै जीपको ठक्करबाट दुई बालिका घाईते

  • शनिबार, बैशाख २३, २०८०
सदरमुकाम चैनपुर नजिकै जीपको ठक्करबाट दुई बालिका घाईते

अर्थ जङ्ग शाही/बझाङ– जीपको ठक्करबाट बझाङमा दुई बालिका घाइते भएका छन् । चैनपुर-गोलाई हुँदै तमैल जोड्ने सडकखण्ड अन्तर्गत जयपृथ्वी नगरपालिका ४ भीडमुनी वृद्धाश्रम नजिकै जीपले ठक्कर दिदा जयपृथ्वी नगरपालिका ३ सिमोल्तोलाका दुई बालिका घाइते भएका हुन् ।

घाइते हुनेमा जयपृथ्वी नगरपालिका ३ सिमोल्तोलाका ९ वर्षिय आयुस्मा विष्ट र भावना विष्ट रहेका छन् । आयुस्मा विष्टको टाउको, ढाड र छाती चोट लागेको छ भने भावना विष्टको टाउको ढाड र मुखमा गम्भीर चोट लागेको जिल्ला अस्पताल स्रोतले जनाएको छ । घाइते दुबैको जिल्ला अस्पताल सिमखेतमा उपचार भइरहेको छ ।

चैनपुरबाट खप्तडछान्ना तर्फ गइरहेको चालक धनराज भटराईले चलाएको से १ ज १०५३ नम्बरको जीपले ठक्कर दिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

जयपृथ्वी नगरपालिका ४ पानकोट पुल अगाडी भीडमुनीमा ठक्कर दिएर फरार भएको जीप जयपृथ्वी नगरपालिका ५ कोटेलीबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । अहिले चालक र जीप नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बझाङ प्रहरी प्रमुख जागेश्वर भण्डारी बताउनुभयो ।

चर्चामा

सम्बन्धित समाचार