शुक्रबार, अशोज १८, २०८१
  • होमपेज
  • समाज
  • दोधारा चाँदनीमा सशस्त्र प्रहरीमाथि खुकुरी प्रहार

दोधारा चाँदनीमा सशस्त्र प्रहरीमाथि खुकुरी प्रहार

  • शनिबार, बैशाख २३, २०८०
दोधारा चाँदनीमा सशस्त्र प्रहरीमाथि खुकुरी प्रहार

कञ्चनपुर — कञ्चनपुरको दोधारा चाँदनीमा सशस्त्र प्रहरीमाथि खुकुरी प्रहार भएको छ । शुक्रबार राति दोधारा चाँदनी नगरपालिका–७ कञ्जभोजस्थित बीओपीका सई नरेन्द्रसिंह चैसिरमाथि खुकुरी प्रहरी भएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी प्रकाश डांगीका अनुसार पोष्ट नजिकै ड्युटीमा रहेका बेला ८/१० जनाको समूहमा आएका व्यक्तिले सामान्य विवादमा खुकुरी प्रहार गरेका हुन् । चैसिरको बायाँ पाखुरामा चोट लागेको उनले बताए । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

खुकुरी प्रहार गर्ने व्यक्तिको पहिचान भइसकेको र खोजी कार्य चलिरहेको डीएसपी डाँगीले बताए ।

चर्चामा

सम्बन्धित समाचार