• होमपेज
  • राजनीति
  • राष्ट्रिय राजनितीको प्रभावले सुदुरपश्चिम प्रदेश सरकार बिस्तार हुन सकेन: मुख्यमन्त्री शाह

राष्ट्रिय राजनितीको प्रभावले सुदुरपश्चिम प्रदेश सरकार बिस्तार हुन सकेन: मुख्यमन्त्री शाह

  • मङ्लबार, बैशाख १९, २०८०
राष्ट्रिय राजनितीको प्रभावले सुदुरपश्चिम प्रदेश सरकार बिस्तार हुन सकेन: मुख्यमन्त्री शाह

बाजुरा– सुदुर पश्चिम प्रदेशका सबै जिल्लाकाे भ्रमणका क्रममा बाजुरा पुगेका मुख्यमन्त्री कमलबहादुर शाहले राष्ट्रिय राजनितीको प्रभावले सुदूरपश्चिम प्रदेश सरकार गठनमा ढिलाई भएको बताएका छन । मुख्यमन्त्री कमलबहादुर शाहले अवकाे केही दिनमै सुदुर पश्चिम प्रदेश सरकारले पुर्णता पाउने बताएका छन । नेपाल प्रेस युनियन बाजुरा शाखाकाे आयोजनामा मंगलवार जिल्ला सदरमुकाममा गरिएको पत्रकार सम्मेलनमा बोल्दै बिभिन्न राजनितिक दलहरु संग समन्वय र छलफल भइरहेकाे  बताए ।

राष्ट्रपती, उपराष्ट्रपती निर्वाचन र त्यसपछि राष्ट्रिय राजनितीमा भएको नयाँ गठबन्धनको प्रभावले सरकार बिस्तारमा ढिलाई भएको र लगत्तै प्रदेश सरकार गठन प्रक्रिया अघि बढ्ने उनले पत्रकार सम्मेलन मार्फत बताएका छन । प्रदेश सरकार बिस्तारको बिषय छलफलकै क्रममा रहेकाे र अन्य राजनितिक दलहरु सकरात्मक रहेकाे मुख्यमन्त्री शाहले बताए ।  मुख्यमन्त्री शाहले सिमित स्रोत साधनका बिच पनि जनताले महशुस गर्ने गरि काम अगाढी बढाउने बताए ।

सदरमुकाम स्थित स्वामिकार्तिक प्लाजाकाे हलमा संचालन भएकाे पत्रकार सम्मेलन प्रेस युनियन बाजुराका अध्यक्ष प्रेम रौलेको अध्यक्षतामा संचालन भएको थियाे ।   प्रेस यूनियन बाजुराका सचिव प्रशान्त जोशीले संचालन गरेको कार्यक्रममा पत्रकार लगायत अन्यकाे समेत उपस्थिती रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार