• होमपेज
  • कला /साहित्य
  • मज्दुर एकताको लागी

मज्दुर एकताको लागी

  • सोमवार, बैशाख १८, २०८०
मज्दुर एकताको लागी

आफ्नो पराण नै दिए मज्दुर एकताको लागी,
आजिवन शङ्घर्ष गरे भरपुर एकताको लागी।

आज उनैले लगाएको फल खाँदैछौं कर्मिहरू,
बसे सुख सुबिधाबाट धेरै दूर एकताको लागी।

कजाउँथ्यो मालिक बनेर ऊ औजारको बलमा
मारिन्थे धेरै अकालमै वेकसुर एकताको लागी।

त्याग बलिदानको लामू गाथा बोकेको मेई दिन,
आवहान गर्छन् सबैलाई हजूर एकताको लागी।

फुटेर होइन जुटेर जित्तिन्छ यो लडाई हाम्रै हो,
उठाउँ यो रातो झण्डा जरूर एकताको लागी।

शिकागोका शिहिदहरू लाई रातो शलाम हाम्रो,
बर्गिय शङ्घर्षका यी कोहिनूर एकताका लागी।

चर्चामा

सम्बन्धित समाचार