• होमपेज
  • राजनीति
  • रास्वपा संसदीय दलको नेताबाट अर्यालले दिए राजीनामा

रास्वपा संसदीय दलको नेताबाट अर्यालले दिए राजीनामा

  • आइतवार, बैशाख १७, २०८०
रास्वपा संसदीय दलको नेताबाट अर्यालले दिए राजीनामा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलकाे नेताबाट सांसद डोलप्रसाद अर्यालले राजीनामा दिएका छन् । अर्यालले संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठलाई राजीनामा बुझाएका हुन् ।

मंसिर ४ को आमनिर्वाचनपछि रास्वपाले सभापति रवि लामिछानेलाई संसदीय दलको नेता तोकेको थियो । नागरिकता विवादका कारण लामिछानको सांसदपद गुमेपछि अर्याल संसदीय दलको नेता बनेका थिए ।

पार्टीका सभापति समेत रहेका लामिछाने चितवन २ को उपनिर्वाचनबाट सांसदमा निर्वाचित भएसँगै उनलाई संसदीय दलको नेता बन्ने बाटो खुला गर्दै अर्यालले राजीनामा दिएका हुन् ।

आफ्नो राजीनामा पत्रमा अर्यालले सभापति लामिछाने सांसदबाट पदमुक्त भएपछि अस्थायी रुपमा आफूले सो जिम्मेवारी लिएको उल्लेख गरेका छन् । सोमबार बस्ने संसदीय दल बैठकले रविलाई संसदीय दलको नेता तोक्ने बताइएको छ ।

चर्चामा

सम्बन्धित समाचार