• होमपेज
  • बाजुरा बिशेष
  • जय मालिका यातायात प्रा.ली बाजुराको पाचाैँ अधिवेशन सुरु

जय मालिका यातायात प्रा.ली बाजुराको पाचाैँ अधिवेशन सुरु

  • शनिबार, बैशाख १६, २०८०
जय मालिका यातायात प्रा.ली बाजुराको पाचाैँ अधिवेशन सुरु

बाजुरा– जिल्लामा रहेको जय मालिका यातायात प्राली बाजुराको पाचौँ अधिवेशन तथा १० औँ साधारण सभा मार्तडीमा सुरु भएको छ । “कृषि पर्यटन, संस्कृती बाजुराको पहिचान यात्रुलाई गन्तब्य सम्मको जिम्मेवारी जय मालिका यातायातको अभियान” भन्ने मुल नाराका साथ प्रालीको पाचौँ अधिवेशन  तथा १० औँ साधारण सभा आजदेखी सुरु भएको हाे ।

जिल्लाका ग्रामिण भेगमा संचालन हुने जीप र मार्तडी देखि धनगढीसम्म बसले सेवा सुचारु गर्दै आएको प्रा लिकाे अधिबेशन कार्यक्रमकाे उद्धघाटन  प्रदेश सांसद पदम बहादुर शाहीले गरेका छन । जय मालिका यातायात प्रालीका अध्यक्ष पृथ्वी रावलको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अतिथी प्रदेश सांसद पदम बहादुर शाही रहेका थिए ।

कार्यक्रममा बिषिष्ठ अतिथि  जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकाया, प्रमुख जिल्ला अधिकारी पुष्कर खड्का नेपाली काँग्रेसका उप सभापती पदम बडुवाल, नेकपा एमाले बाजुराका सचिव भरत थापा, नेकपा माओबादी केन्द्रका चन्द बहादुर थापा र नेकपा एकिकृत समाजबादीका जिल्ला अध्यक्ष पुर बहादुर रावत रहेका थिए ।

कार्यक्रममा बोल्ने वक्ताहरुले  जीप व्यवसायीहरुले सेवाग्राहीलाई छिटो छरितो सेवा प्रदान गर्नुपर्नेमा बताएका छन् ।  जिल्लाको सडकको अवस्था नाजुक भएपनि जिल्लाका नागरिक प्रति उत्तरदायी बन्दै  सेवा प्रभावकारी बनाउनुपर्नेमा वक्ताहरुले सुझाव दिएका छन् ।

कार्यक्रमको संचालन जय मालिका यातायात प्रालीका सचिव देबेन्द्र नाथले गरेका थिए । होटेल हिलटपको हलमा सञ्चालन भएको कार्यक्रममा प्रतिबेदन प्रस्तुत सचिव देबेन्द्र नाथले गरेका थिए ।  अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने गरी अधिवेशन संचालन गरेको प्रा लि ले जनाएको छ ।  जय मालिका यातायात प्रालीले २०७३ सालबाट बाजुरा  जिल्लामा यातयात सुविधा दिदैँ आएको छ ।

चर्चामा

सम्बन्धित समाचार