शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • भुकम्पका कारण हिमाली गाउँपालिका २ मा २३ घरमा क्षेती, अन्य ठाउँको विवरण संकलन कार्य जारी

भुकम्पका कारण हिमाली गाउँपालिका २ मा २३ घरमा क्षेती, अन्य ठाउँको विवरण संकलन कार्य जारी

  • शुक्रबार, बैशाख १५, २०८०
भुकम्पका कारण हिमाली गाउँपालिका २ मा २३ घरमा क्षेती, अन्य ठाउँको विवरण संकलन कार्य जारी

बाजुरा– बाजुरा केन्द्रविन्दु भएर शुक्रबार राति गएको भुकम्पका कारण हिमाली गाउँपालिका वडा न २ का २३ घरमा क्षेती भएको छ । हिमाली गाउँपालिका बिच्छ्या केन्द्रबिन्दु र बनाएर गएको भुकम्पका कारण अहिले सम्म वडा न २ को २३ घरमा क्षेती भएको हिमाली गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राज बहादुर भण्डारीले बताएका छन ।
हिमाली २ को वडा अध्यक्षले पठाएको प्राप्त विवरण अनुसार हिमाली गाउँ पालिका वडा नं २ का भूकम्प ले पूर्ण क्षेति घरको विवरण
१)धन्जित बुढा
२)दन्तिर बुढा
३)जोबलाल बुढा
४)नौउले बुढा
५)दिलबहादुर बुढा
६)सौरमल रोकाया
७)बासु रोकाया
८)सुरेन्द्र बुढा
९)दुबलाल बुढा
१०)देबबहादुर बुढा
११)पन्च रोकाया
१२)सुरेन्द बुुढा
१३)जग्गि बोहरा
१४)साईमल बोहरा
१५) सुर्ज बोहरा
१६)जस थाप
१७)भयधन थापा
१८)पूर्ण थापा
१९)कुसुम खड्का
२०)बाचमल रोकाया
२१)कल रोकाया
२२)सुर्ज खड्का
२३)गोल्लाल खड्का
त्यस्तै राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति करिव १२ बजे बाजुराको बडिमालिका नगरपालिकाको ढम्कनेलाइ केन्द्रबिन्दु बनाएर पहिलो कम्पन ४.४० रेक्टर स्केलको भुकम्प गएको थियो ।
त्यसपछि निरन्तर पराक्महरु गइरहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । बिहन ९ बजेर २५ मिनेटमा बाजुराकै काडामा केन्द्रबिन्दु बनाएर फेरी ४ दशमलव १० रेक्टर स्केलको पराकम्प गएको जनाएको छ ।

भूकम्पको धक्का विभिन्न भागमा महसुस गरिएको छ । बाजुरा केन्द्रविन्दु भएर लगातार तेस्रो पटक भूकम्प गएको छ । बाजुरा केन्द्र बिन्दु बनाएर गत माघ १० गते देखी हरेक महिना निरन्तर भूकम्प गइरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार