शुक्रबार, मंसिर १४, २०८१
  • होमपेज
  • देश/प्रदेश
  • सुदूरपश्चिम प्रदेश सभाको बैठक दुई महिनादेखि ठप्प, जम्बो टोली लुम्बिनीमा

सुदूरपश्चिम प्रदेश सभाको बैठक दुई महिनादेखि ठप्प, जम्बो टोली लुम्बिनीमा

  • सोमवार, बैशाख ११, २०८०
सुदूरपश्चिम प्रदेश सभाको बैठक दुई महिनादेखि ठप्प, जम्बो टोली लुम्बिनीमा

धनगढी– सुदूरपश्चिम प्रदेश सभाको बैठक दुई महिना पुग्नै लाग्दा समेत अनिश्चित छ। बैठक नबस्दा प्रदेश सभा कामविहीन बनेको छ। प्रदेश सरकारले बिजनेस नदिँदा प्रदेश सभाका बाँकी काम अघि बढ्न सकेको छैन्। फागुन २१ गते मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिन प्रदेश सभाको बैठक आह्वान गरिएको थियो। त्यसपछि भने प्रदेश सभाको बैठक बस्न सकेको छैन।
प्रदेश सभाको बैठक नबस्दा सभामुख, उपसभामुख र प्रदेश सभा सदस्यहरू मात्र नभएर प्रदेश सभा सचिवालयका कर्मचारीहरू समेत फुर्सदिला भएका छन्। पछिल्लो ५० दिनदेखि प्रदेश सभाको बैठक बस्न सकेको छैन। प्रदेश सभा बिजने सविहीन भएको मौका छोपी सभामुख भीमबहादुर भण्डारी, उपसभामुख कोइलीदेवी चौधरी सहितका प्रदेश सभा सचिवालयका कर्मचारीहरू कर्णाली र लुम्बिनी प्रदेश सभाको निरीक्षणमा गएका हुन्।

६ गते सुदूरपश्चिम प्रदेश सभामा ४ सवारी साधन लिएर १९ जनाको जम्बो टोली दुई प्रदेश सभाको निरीक्षणमा निस्किएका छन्। यसअघि यसरी अन्य प्रदेश सभाको निरीक्षण गर्ने कुनै पनि कार्यक्रम प्रदेश सभा सचिवालय वा प्रदेश सभाले बनाएको थिएन। टोलीले आज कर्णाली प्रदेशको निरीक्षण गरेर लुम्बिनी प्रदेशको अवलोकनका लागि प्रस्थान गरेको छ। लुम्बिनी र कर्णाली प्रदेश सभाको निरीक्षणमा सभामुखसहितको टोली गएको सुदूरपश्चिम प्रदेश सभाका सूचना अधिकारी युवराज जैसीले बताए। दिनेश खवरबाट 

चर्चामा

सम्बन्धित समाचार