बिहिबार, जेष्ठ १०, २०८१
  • होमपेज
  • राजनीति
  • आठ हजार मतगणना गर्दा तनहुँमा स्वर्णिम वाग्लेको अग्रता दोब्बर

आठ हजार मतगणना गर्दा तनहुँमा स्वर्णिम वाग्लेको अग्रता दोब्बर

  • सोमवार, बैशाख ११, २०८०
आठ हजार मतगणना गर्दा तनहुँमा स्वर्णिम वाग्लेको अग्रता दोब्बर

काठमाडौँ — प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले अग्रता बढाउँदै लगेका छन् ।

करिब आठ हजार मत गणना हुँदा वाग्ले निकटम् प्रतिस्पर्धी कांग्रेस उम्मेदवार गोविन्द भट्टराईभन्दा दोब्बरभन्दा बढी मतले अगाडि रहेका छन् ।

निर्वाचन आयोगका अनुसार वाग्लेले चार हजार ३०३ मत पाएका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका भट्टराईले १९३३ मत प्राप्त गरेका छन् । एमाले उम्मेदवार सर्वेन्द्र खनालले ११९८ मत पाएका छन् ।

आयोगका अनुसार अहिलेसम्म भानु नगरपालिका वडा नम्बर ७, ८ र १०, आँबुखैरेनी गाउँपालिका वडा नम्बर १ र २ को मतगणना गर्ने काम सकिएको छ । अन्य क्षेत्रको मतगणना जारी छ ।

चर्चामा

सम्बन्धित समाचार