मङ्लबार, जेष्ठ १, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • शिक्षा विकास तथा समन्वय इकाइ बाजुराका प्रमुख सिंहकी श्रीमतीकै खेताला शिक्षक

शिक्षा विकास तथा समन्वय इकाइ बाजुराका प्रमुख सिंहकी श्रीमतीकै खेताला शिक्षक

  • शनिबार, बैशाख ९, २०८०
शिक्षा विकास तथा समन्वय इकाइ बाजुराका प्रमुख सिंहकी श्रीमतीकै खेताला शिक्षक

बाजुरा — बाजुराको बुढिनन्दा नगरपालिका १० मा रहेको कैलाश आधारभुत बिद्यालयमा बिगत ७ बर्ष देखी खेताला शिक्षक राखेको पाईएको छ । शिक्षा विकास तथा समन्वय इकाइ बाजुराका प्रमुख हर्क बहादुर सिंहकी श्रीमति आशा देबी सिंहले खेताला शिक्षक राखेर आफु काठमाडौ बस्ने गरेको बिद्यालय व्यबस्थापन समितिका एक सदस्यले बडीमालिका खबरलाइ बताएका छन् ।
कैलाश आधारभुक्त बिद्यालयमा सरुवा भएर आएको ८ बर्ष जति भयो आए देखी नै उनले खेताला शिक्षक राखेको बिद्यालयले जनाएको छ । शुरुमा स्थानिय धन बहादुर बिक राखेकी थिइन् । हाल बिर बिकलाइ मासिक १३ हजार दिने गरि खेताला शिक्षक राखेकी छन् । उनले छोरा बिरामी भन्दै काठमाडौमा बस्ने गरेको एक शिक्षकले वताए ।
तलब खाने समयमा हाजिर मिलाउनका लागि बिद्यालयमा पुग्ने बाँकि समय भने काठमाडौमा बस्ने गरेकी श्राेतकाे दावी छ । छोरा बिरामी भन्दै उनि लामो समय देखी खेताला राखेर काठमाडौ बस्ने गरेको बिद्यालयमा कार्यरत एक शिक्षकले वताएका छन् । पटक पटक बिद्यालयमा बस्ने भनेपनि बिभिन्न बाहानामा उनि काठमाडौ बसेर सात आठ बर्ष देखी तलब खाइरहेकी एक स्थानियले वताए । पटक पटक कुरा उठाए पनि उनको पहुँच छदै छ मिलाइहाल्छन्, हाम्रा कुरा कसले सुन्ने एक स्थानियले वताए ।
कैलाश आधारभुत बिद्यालयमा सिंहकी श्रीमति आशा मात्र स्थायी शिक्षिका थिइन् । भर्खरै शिक्षक सेवा आयोग बाट प्राबि तहमा शिफारीस भएको एकजना महिला शिक्षिका पठाएको छ । अन्य तिन जना शिक्षक राहत शिक्षक रहेका छन् । बिद्यालयका प्रअ कल्पना कार्की बोहोरा, कुम्भ बोहरा र बिष्नु खड्का प्राबि राहत शिक्षक हुन् । कक्षा १ देखी ५ सम्म रहेको बिद्यालयमा २ सय बढी बिद्यार्थी अध्यनरत रहेका छन् ।
बुढिनन्दा नगरपालिका शिक्षा शाखा प्रमुख बिद्यालय निरिक्षक दयाराम जोशीले भने खेताला शिक्षक राखेको कुनै जानकारी नभएको वताए । एकपटक अनुगमनका बेला केही समय हाजीर नभएको पाएका थियौ, बिद्यालयले स्पष्टीकरण सोधेका थियौ, तर खेताला राखे नराखेको कुनै जानकारी नभएको जोशीले बडीमालिका खबरलाइ जवाफ दिएका छन् । खेताला राखे नराखेको बेखबर रहेको जोशी तर्क रहेको थियो ।

यता शिक्षा विकास तथा समन्वय इकाइ बाजुराका प्रमुख हर्क बहादुर सिंहले नियमाअनुसार खेताला शिक्षक राख्न नपाउने बताएका छन । यदि कुनै समस्या भएमा बिद्यालय ब्यवस्थापन समितिकाे निर्णय गराएर केही समयसम्मका लागि पाउने गरेकाे उनले बताए । उनले भने अहिले शिक्षिका आशा देबी सिंह  बिध्यालयमै रहेकाे दावी समेत गरेका छन ।

चर्चामा

सम्बन्धित समाचार