बाजुरा– बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि आज र भोलि खुवाउन लागिएको छ । स्वास्थ्य कार्यालय बाजुराका अनुसार ६ महिनादेखि ५५ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउन सकिने जनाएको छ ।
यसैगरी, १२ महिनादेखि ५५ महिना उमेरसम्मका बालबालिकालाई जुकाको औषधि पनि खुवाइने स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ। आज छुटेकालाई भोलि खुवाइनेछ । महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका मार्फत आफ्ना बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन स्वास्थ्य कार्यालय बाजुराले आग्रह गरेको छ ।