शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बुढीगंगा
  • शैक्षिक सत्रकाे नतिजा विश्लेषण तथा शैक्षिक गुणस्तर सुधारका विषयमा अन्तरक्रिया

शैक्षिक सत्रकाे नतिजा विश्लेषण तथा शैक्षिक गुणस्तर सुधारका विषयमा अन्तरक्रिया

  • बुधबार, बैशाख ६, २०८०
शैक्षिक सत्रकाे नतिजा विश्लेषण तथा शैक्षिक गुणस्तर सुधारका विषयमा अन्तरक्रिया

टेक बहादुर बुढा– शैक्षिक सत्र २०७९ काे नतिजा विश्लेषण तथा शैक्षिक गुणस्तर सुधारका विषयमा बुढीगंगा नगरपालिकाले अन्तरक्रिया कार्यक्रम गरेकाे छ । शैक्षिक सत्रमा विद्यार्थीहरूले ल्याएको परिक्षा नतिजा तथा भावी शैक्षिक गुणस्तरमा सुधार ल्याउन गर्नेुपर्ने विषयमा नगरभित्रका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकसंग छलफल गरिएकाे नगरपालिकाले जनाएको छ । शैक्षिक सत्र २०७९ मा कक्षा ८ र ५ काे नतिजा केही सन्तोषजनक भएपनि आगामी दिनमा शिक्षाको गुणस्तरमा सुधार ल्याउनुपर्नेमा सराेकारवाला हरुले जाेड दिएका छन ।

नगरभित्रका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकहरु संग नगरपालिकाल आगामी बर्षमा शिक्षालाई थप प्रभावकारी बनाउनका लागि नगर सरकारले के गर्नु पर्ने काम र नगर सरकारले लिएको उदेश्यलाई आत्मसात गर्दै सबैले आ – आफ्नाे ठाँउबाट लाग्न नगर प्रमुख राम बहादुर बानियाँले निर्देश दिएका छन् । पछिल्लो समयमा शैक्षिक क्षेत्र खस्किदै गहिरहेकाले यसमा सबैले विशेष जाेडका साथ लाग्नुपर्ने नगरप्रमुख बानियाँले जाेड दिएका छन ।

बुढीग‌गा नगरपालिकामा आगामी वर्ष शिक्षा क्षेत्रमा परिणाम मुखि रिजल्ट ल्याउनु पर्ने भएकाले सबैले जिम्मेवारीका साथ लाग्न सराेकारवालहरुलाई नगरप्रमुख बानियाँले आग्रह गरेका छन्।

शैक्षिक सत्र २०७९ को नतिजा विश्लेशण तथा शैक्षिक गुणस्तर सुधार सम्बन्धि छलफल तथा अन्तरक्रिया कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष र प्र.अ. संग नगरपालिकाको सभाहलमा छलफल छलफल गरिएको बताइएको छ । आगामी बर्षमा शिक्षा क्षेत्रमा सुधार तथा प्रभावकारी बनाउनका लागि नगर सरकारले लिएको उदेश्यलाई सबैले आत्मसात गर्दै अघि बढ्ने सहभागीहरुले प्रतिबद्धता जनाएका थिए । सहभागीहरुलाई विशेष धन्यवाद दिदै शिक्षा क्षेत्रमा लगानी गर्न याेजनाबद्व तरिकाले नगर सरकार अघि बढीरहेको र यसमा सबैको साथ सहयोगको गर्नुपर्ने गर्दै नगर प्रमुख बानियाँले बताएका छन्।

चर्चामा

सम्बन्धित समाचार