शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • स्वामिकार्तिक खापर
  • माथिल्लो कर्णाली जल तथा पर्यटन महोत्सवकाे सांसद पाण्डेद्धारा उद्भघाटन

माथिल्लो कर्णाली जल तथा पर्यटन महोत्सवकाे सांसद पाण्डेद्धारा उद्भघाटन

  • सोमवार, बैशाख ४, २०८०
माथिल्लो कर्णाली जल तथा पर्यटन महोत्सवकाे सांसद पाण्डेद्धारा उद्भघाटन

बाजुरा —  माथिल्लो कर्णाली जल तथा पर्यटन महोत्सवको प्रतिनिधी सभा सदस्य सांसद बर्दि पाण्डेले उद्धघाटन गरेका छन ।  हिमाली गाउँपालिका र स्वामिकार्तिक खापार गाउँपालिकाको सयुक्त सहकार्य, पर्यटन मन्त्रालय र अन्य साझेदार निकायकाे सहयाेगमा आजदेखी सुरु भएकाे महोत्सवकाे उद्धघाटन सांसद पाण्डेले गरेका हुन । आजबाट हिमाली गाउँपालिको केन्द्र धुलाचौर र स्वामिकात्र्तिक खापर गाउँपालिकाको  कर्णालीको बगरमा  महोत्सव आयाेजना गरिएकाे छ । हिमाली गाउँपालिका अध्यक्ष गाेबिन्द्र बहादुर मल्लकाे अध्यक्षतामा स‌चालन भएकाे  महाेत्सव उद्धघाटन कार्यक्रमका प्रमुख अतिथि संघिय सांसद तथा नेपाली काँग्रेस सहमहामन्त्री बर्दि पाण्डे रहेका थिए ।

No description available.

कर्णाली, पादुका, रानीसैन, बुढीनन्दा, पीलुचौर लगायतका क्षेत्रको पर्यटन प्रवद्र्धन तथा विकासमा टेवा पुर्याउने उदेश्य सहीत महोत्सव आयोजना गरिएको हिमाली गाउँपालिकाकका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले बताएका छन् । बैशाख ४ गते देखि ७ गतेसम्म चार दिन माथिल्लो कर्णाली महोत्सव आयोजना गर्न लागिएको हिमाली गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत भण्डारीले बताए। महोत्सवमा राष्ट्रिय स्तरको छवी बनाएका कलाकार आउने छन्  भने स्थानीय उत्पादनको प्रर्दशनी, कर्णाली र्याफ्टीग लगायतका कार्यक्रम हुने भण्डारीले बताएका छन ।

No description available.

जैविक कृर्षि गुणस्तरीय पर्यटन तथा परम्परागत संस्कृतिको संरक्षण र विकाश, कुण्डा क्षेत्रका नागरीकको समुन्नती तथा गुणस्तरीय जीवनका लागि हाम्रो प्रयास भन्ने मुल नाराका साथ कुण्डा क्षेत्रमा महोत्सवको आयोजना गरिएकाे जनाएकाे छ।

चर्चामा

सम्बन्धित समाचार