शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • स्वामिकार्तिक खापर
  • आजदेखी माथिल्लो कर्णाली जल तथा पर्यटन महोत्सव हुँदै

आजदेखी माथिल्लो कर्णाली जल तथा पर्यटन महोत्सव हुँदै

  • सोमवार, बैशाख ४, २०८०
आजदेखी माथिल्लो कर्णाली जल तथा पर्यटन महोत्सव हुँदै

बाजुरा — कर्णाली तिरमा आयोजना हुने माथिल्लो कर्णाली जल तथा पर्यटन महोत्सवको तयारी पुरा भएको छ । दुईवटा गाउँपालिकाको सयुक्त सहकार्य, पर्यटन मन्त्रालय र अन्य साझेदार निकाय बीचको सहकार्यमा महोत्सव हुन लागेको हाे ।आजबाट  हिमाली गाउँपालिको केन्द्र धुलाचौर र स्वामिकात्र्तिक खापर गाउँपालिकाको तिर कर्णालीको बगरमा हुने महोत्सवको तयारी पुरा भएको आयोजकले जनाएकाे छ ।

 कर्णाली, पादुका, रानीसैन, बुढीनन्दा, पीलुचौर लगायतका क्षेत्रको पर्यटन प्रवद्र्धन तथा विकासमा टेवा पुर्याउने उदेश्य सहीत महोत्सव आयोजना गरिएको हिमाली गाउँपालिकाकका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले बताएका छन् ।
बैशाख ४ गते देखि ७ गतेसम्म चार दिन माथिल्लो कर्णाली महोत्सव आयोजना गर्न लागिएको  हिमाली गाउँपािलका प्रमुख प्रशासकिय अधिकृत भण्डारीले बताए। महोत्सवमा राष्ट्रिय स्तरको छवी बनाएका कलाकार आउने छन् । भने स्थानीय उत्पादनको प्रर्दशनी, कर्णाली र्याफ्टीग लगायतका कार्यक्रम हुने भएका छन उनले भने  ।

यो पटक कुन्ना क्षेत्रमा पहिलो पटक महोत्सवको आयोजना हुदैछ । महोत्सव हिमाली गाउँपालिका र स्वामीकार्तिक खापर गाउँपालिकाको सयुक्त सहकार्यमा सञ्चालन हुन लागेको हो । महोत्सवका लागि कलाकार देखि अतिथिहरुको टुगों, मञ्च ब्यवस्थापन, स्थान छनोट, सुरक्षा ब्यवस्थापन र स्वयमसेवक परीचालन लगायतका तयारी पुरा भएको आयोजकले जनाएको छ ।

जैविक कृर्षि गुणस्तरीय पर्यटन तथा परम्परागत संस्कृतिको संरक्षण र विकाश, कुण्डा क्षेत्रका नागरीकको समुन्नती तथा गुणस्तरीय जीवनका लागि हाम्रो प्रयास भन्ने मुल नाराका साथ कुण्डा क्षेत्रमा महोत्सवको आयोजना हुने भएको हो । महोत्सवको पूर्व तयारीमा पालिका कर्मचारीको टोलीले बजार भित्रको सरसफाइ गरेका गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार