शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बुढिगंगा नगरपालिकामा प्रथम बार्जु महोत्सवकाे आयाेजना गरिदै

बुढिगंगा नगरपालिकामा प्रथम बार्जु महोत्सवकाे आयाेजना गरिदै

  • आइतवार, बैशाख ३, २०८०
बुढिगंगा नगरपालिकामा प्रथम बार्जु महोत्सवकाे आयाेजना गरिदै

बाजुरा — बुढीगंगा नगरपालिका वडा न. ३ ताप्री सेरामा प्रथम बार्जु महोत्सवको आयोजना गरिने भएको छ । सुदुर साहित्य प्रतिष्ठान बाजुराको आयोजनामा नयाँ बर्ष नयाँ उत्सव, प्रथम बार्जु महोत्सव भन्ने मुल नाराका साथ महोत्सवको आयोजना गर्न लागिएको हो ।
वैशाख १५ गते देखि २५ गते सम्म करिब १० दिनसम्म चल्नेगरि महोत्सवको आयोजना हुने आयोजक सुदिर साहित्य प्रतिष्ठानले सदरमुकाम मार्तडीको स्वामिकार्तिक प्लाजामा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।
जिल्लाको आर्थिक, सामाजिक तथा सांस्कृतिक बिकास, कला र सस्कृतिको जगेर्ना, स्थानीय कलाकारको सम्मान, जिल्ला भित्र रहेका धार्मिक एवम् पर्यटकिय स्थलको प्रचार प्रसार, समग्रमा पर्यटन पर्वद्धन गर्ने उदेश्य रहेको महोत्सवका संयोजक नरेन्द्र थापाले बताएका छन ।
स्थानीय कला सस्कृतिको संरक्षण र सम्बर्द्धन र बिकास सवैको साझा दायित्व भएकाले महोत्सव संचालनमा सवैले साथ सहयोग गर्ने अपेक्षा आयोजकले लिएको थापाले बताए ।

चर्चामा

सम्बन्धित समाचार