शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • प्रदेश १
  • इलाममा आयोजित नयाँ वर्षको कार्यक्रममा भागदौड, एक दर्जन बढी घाइते

इलाममा आयोजित नयाँ वर्षको कार्यक्रममा भागदौड, एक दर्जन बढी घाइते

  • शनिबार, बैशाख २, २०८०
इलाममा आयोजित नयाँ वर्षको कार्यक्रममा भागदौड, एक दर्जन बढी घाइते

नयाँ वर्षको अवसरमा इलाम सदरमुकाममा भएको कार्यक्रममा अत्यधिक भिडका कारण भागदौड मच्चिँदा एक दर्जनभन्दा बढी घाइते भएका छन् । सदरमुकाममा रहेको ठूलो टुँडिखेलमा आयोजित मेला र साङ्गीतिक कार्यक्रममा भिडमा मानिसहरू च्यापिएपछि भागदौड मच्चिँदा उनीहरू घाइते भएका हुन् ।

घाइते हुनेहरूमा इनपा–७ का प्रज्ञा भट्टराई र प्रभा भट्टराई, सूर्योदय नगरपालिका–१४ की कुमारी लिम्बु, देउमाई नगरपालिका–६ की अन्जु राई, सूर्योदय–१४ का मिलन लिम्बु, देउमाई–२ की प्रविना राई, फाकफोकथुम गाउँपालिका–७ की दृष्टि भुजेल, फाल्गुनन्द गाउँपालिका–५ का सन्दीप चेम्जोङ, सोही गाउँपालिकाका वडा नम्बर २ की टेकमाया राई, इनपा–५ की काजल राई, इनपा–७ का रमेश बुढाथोकी, इनपा–८ का सुनिता तामाङ र लक्की शेर्पा र फाकफोकथुम गाउँपालिका–२ का नाबालक साजन राई रहेका छन् ।

घाइतेहरूको इलाम अस्पताल र झापाको बी एन्ड सी अस्पतालमा उपचार भइरहेको छ । इलामका सांसद महेश बस्नेत अस्पताल पुगेर घाइतेहरूको अवस्थाको बारेमा जानकारी लिएका छन् ।

चर्चामा

सम्बन्धित समाचार