आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • समाचार
  • राष्ट्रिय सभाको बैठक चार दिन पछि सारियो

राष्ट्रिय सभाको बैठक चार दिन पछि सारियो

  • बिहिबार, चैत्र ३०, २०७९
राष्ट्रिय सभाको बैठक चार दिन पछि सारियो

काठमाडौँ — राष्ट्रिय सभाको बैठक चार दिन पछि सारिएको छ। नयाँ बानेश्वरस्थित संघीय संसदको भवनमा आज (बिहीबार) दिउँसो १ बजेर १ मिनेटका लागि बोलाइएको बैठक आगामी वैशाख ४ गतेका लागि सारिएको हो।

‘मिति २०७९ साल चैत ३० गते बिहीबार अपराह्न १ बजे बस्ने गरी निर्धारण गरिएको राष्ट्रियसभाको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकाले राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम २०८० साल वैशाख ४ गतेका लागि समय निर्धारण गरिएको छ’ संसद् सचिवालयले जारी गरेको सूचनामा भनिएको छ।

चर्चामा

सम्बन्धित समाचार